समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



मन्त्रिपरिषद् बैठक: अवकाशकालागि आवेदन दिएका कर्मचारीले चाहेमा नाम फिर्ता लिन पाउने

Posted: 2018-05-28 07:08:46

सुनाखरी न्युज/ काठमाडौँ- स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । ...


दाताको मनपरीः विकास सहायता गैरबजेटरी च्यानलबाट

Posted: 2018-05-27 20:37:46

सुनाखरी न्युज/ काठमाडौं -विकास साझेदारहरूले गैरबजेटरी च्यानलबाटै मनपरी ढंगले खर्च गर्ने प्रवृत्ति कम हुन सकेन । आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४-७५ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार विगत पाँच वर्षको अवधिमा गैरबजेटरी संयन्त्रबाट परिचालन हुने विकास सहायताको हिस्सा वाषिर्क औसत ३३ प्रतिशत छ ।...


धनगढीमा ९ लाख लुटेर भाग्ने लुट्नेहरु अत्तरीयाबाट पक्राउ

Posted: 2018-05-27 13:22:05

सुनाखरी न्युज/ धनगढी - कैलालीको धनगढी चौराहमा एक जनामाथि गोली प्रहार गरि ९ लाख ५० हजार रकम लुटेका छन्। लुटपाटमा संलग्नहरुलाई अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिद्धार्थ बैंकबाट पैसा निकालेर आफ्नो कार्यलयमा जाने क्रममा आइएमइ सेन्टरमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार भएको हो। लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढीको सव्जीमण्डीमा गोली प्रहार गरि रकम लुटेका हुन । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। ...


धनगढीमा दिनदहाडै गोली हानेर पैसा लुटियो

Posted: 2018-05-27 12:01:48

सुनाखरी न्युज/ धनगढी — प्रदेश ७ को अस्थायी राजधानी रहेको शहर धनगढीमा दिनदहाडै गोली प्रहार गरेर लुटेराले आईएमईको नौ लाख रुपैयाँ लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहान सवा दश बजेको समयमा ग्लोबल बैंकमा रहेको आईएमई सेन्टरका कर्मचारी निर्मल कार्की माथी गोली प्रहार गरेरे नौ लाख रुपैयाँ लुटिएको हो।...


युगाण्डामा बस दुर्घटना , २२ जनाको मृत्यु

Posted: 2018-05-27 09:28:31

एजेन्सी / युगाण्डा - युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।युगाण्डाको राजधानी कम्पोलाको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा तीन जना बालबालिका समेत छन । घटनामा थुप्रै घाइते भएका छन । विपरित दिशाबाट आइरहेको ट्रयाक्टर र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।बसले शुरुमा ट्रयाक्टरलाई ठक्कर दिएको र पछि ट्रकलाई ठक्कर दिएको अधिकारीहरुले बताएका छन । ...


Advertisements