समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



पश्चिम पहाडमा आज भारी वर्षा हुने अनुमान

Posted: 2018-08-10 11:20:06

सुनाखरी न्युज/ काठमाडौं - आज (शुक्रबार) ठूलो वर्षा हुने मौमसविद्ले बताएका छन। दिउँसो पश्चिमी क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति भने देशको पूर्वी तथा ...


बिमस्टेक शिखर सम्मेलनको तयारी तीव्र

Posted: 2018-08-09 13:58:42

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौँ महानगरापलिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ...


२४ औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Posted: 2018-08-09 10:18:24

सुनाखरी न्युज/ काठमाडौं - २४ औँ विश्व आदिवासी दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने अवधारणा अगाडी बढाएको थियो । ...


हेटौंडा औद्योगिक क्षेत्रमा संचालनमा आए १३ उद्योग

Posted: 2018-08-08 11:15:39

सुनाखरी न्युज/ हेटौंडा - हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौंडा ...


काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

Posted: 2018-08-07 11:00:26

सुनाखरी न्युज/ काठमाडौं - आज काठमाडौं उपत्यकासहित देशका केही भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली भई हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको जानकारी दिएको छ । ...


Advertisements