समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



विमस्टेक सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख काठमाडौंमा

Posted: 2018-08-30 12:13:20

सुनाखरी न्युज/ काठमाडौं - बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद नेपाल आइपुगेका छन् । भारतीय प्रधानमन्त्री मोदी बिहान नौ बजे तिर त्रिभुवन ...


थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा पनि काठमाडौंमा

Posted: 2018-08-30 10:58:14

सुनाखरी न्युज/ काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेकको) चौथो शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा काठमाडौं आइपुगेका छन । उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर ...


बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा

Posted: 2018-08-30 10:32:08

सुनाखरी न्युज/ काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको केही समयपछि ...


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

Posted: 2018-08-30 09:28:22

सुनाखरी न्युज/ काठमाडौं - चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भारतीय प्रधानमन्त्री मोदी सवार विमान केही बेरअघि मात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ...


संघीयता खारेजी माग गर्दै राष्ट्रिय जनमोर्चा आन्दोलनमा जाने

Posted: 2018-08-29 09:12:40

सुनाखरी न्युज/ काठमाडौं - देशमा बढिरहेको करवृद्धि प्रति राष्ट्रिय जनमोर्चा नेपालले तीव्र विरोध जनाएको छ। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा अहिले भइरहेको करवृद्धि संघीयताको नै परिणाम’ भनिएको छ। ...


Advertisements