समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



मुख्यमन्त्रीलाई विद्युतीय कार, पेट्रोलियमबाट चल्ने गाडी विस्थापित गरिने

Posted: 2018-11-13 15:54:14

सुनाखरी न्युज/ हेटौंडा - पेट्रोलियमबाट चल्ने सवारी साधन विस्थापित गर्ने घोषणा गरेको प्रदेश नम्बर ३ सरकारले मुख्यमन्त्रीका लागि विद्युतीय कार खरिद गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका लागि प्रदेश सरकारले विद्युतीय कार ...


पर्वतमा सार्वजनिक स्थानमा महिलामाथी अभद्र ब्यबहार गर्ने पक्राउ

Posted: 2018-11-13 09:43:12

सुनाखरी न्युज/ पर्वत - महिला माथि अभद्र ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय पर्वतले एक ब्याक्ती लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा न. २ खुर्कोटका कृष्ण दर्जीलाइ प्रहरीले आइतवार पक्राउ गरेका ...


अब कमाइको १० प्रतिशत बुबाआमाको लागि छुट्ट्याउनुपर्ने

Posted: 2018-11-12 12:44:48

सुनाखरी न्युज/ काठमाडौं - सरकारले अब मासिक कमाइको १० प्रतिशत रकम आफ्ना आमा बुवाको लागि छुट्याउनुपर्ने प्रावधान ल्याउने भएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमा बुवाको ...


पर्वतमा मादक पर्दाथ सेवन गरि सवारी चलाउने चालक प्रक्राउ

Posted: 2018-11-12 09:51:39

सुनाखरी न्युज/ पर्वत - मादक पर्दाथ सेवन गरि सवारी साधन चलाउने चालकका बिरुद्ध पर्वत प्रहरीले प्रक्राउ गरि मुद्दा चलाएको छ । ना ६ ख ७०३० को बसका चालक नुवाकोट बेल्कोट गाउँपालिका ३ बस्ने ४१ बर्षिय दलबहादुर पन्तका बिरुद्ध प्रहरीले ...


बर्थडे पार्टीको बहानामा बोलाएर सामूहिक बलात्कार

Posted: 2018-11-11 12:42:50

सुनाखरी न्युज/ सिरहा - बर्थडेपार्टीको बहानामा बोलाएर १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी लहानमा सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो । इलाका प्रहरी ...


Advertisements