समाचार

शनिबारसम्मै भारी वर्षाको सम्भावना रहेके भन्दै मौसमविदले गरे सतर्क रहन आग्रह

Posted: 2018-07-12 10:42:54

 
सुनाखरी न्युज/
काठमाडौं-
आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।
 
मौसमविद विभूति पोखरेलले मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको बताइन् ।
 
 
 
 
उनले भनिन, ‘पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ । शनिबारसम्म सतर्क रहनुपर्ने देखिन्छ ।’
 
मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।
 
बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
 
शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।
 
शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति भने भारी वर्षाको सम्भावना रहेको मौसमविद पोखरेलले बताइन् ।



More News



शताब्दीपुरुष राष्ट्रकवि घिमिरेको शतायु उत्सवः आयुमा जीवन थप्छन् कविवर

Posted: 2018-09-22 14:20:40

सुनाखरी न्युज/ काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गते सय वर्षमा प्रवेश गर्दैछन् । ‘हामी ७० वर्ष बाँचे पनि हुन्छ, सय वर्ष बाँचे पनि हुन्छ’, हामीले समाजका लागि बाँच्नु पर्नेमा उनले जोड दिए, ‘हामी जिउँदो भएर बाँच्नु पर्छ । समाजका लागि बाँच्नु पर्छ।’ हिन्दुग्रन्थ वेदले पनि मान्छेको आयु सय वर्ष मानेको छ । शताब्दीपुरुष घिमिरेको अनुहारमा कान्ती छाएको देख्यौं हामीले ।...


प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

Posted: 2018-09-22 06:44:48

सुनाखरी न्युज/ काठमाडौँ -सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । ...


इन्धन वितरणमा तोकियो कोटा, कसले कति पाउने (हेर्नुस्)

Posted: 2018-09-21 14:27:30

सुनाखरी न्युज/ काठमाडौँ - इन्धनको अभाव हुने देखिएपछि सरकारले विक्री वितरणका लागि कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोनमा उत्रिएपछि इन्धन ढुवानीमा समस्या भएको छ । आपूर्ति असहजताको कारण देखाउँदै ...


काठमाडौमा पेट्रोलियम पदार्थ अभाव, घण्टौँ लाइन

Posted: 2018-09-21 09:18:13

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव देखिएको छ । मंगलवार देखि ट्याङ्क सञ्चालनमा नआएपछि बिहीवार त्यसको असर ...


नवीनकुमार घिमिरे सर्वसम्मत अख्तियार प्रमुख

Posted: 2018-09-20 20:55:10

सुनाखरी न्युज/ काठमाडौँ — संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतले स्वीकृत गरेको छ। समितिको बिहीबार बसेको बैठकले उनलाई सर्वसम्मत गरेको हो । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको थियो।...


Advertisements