समाचार

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता !

Posted: 2018-07-12 07:23:00

 
सुनाखरी न्युज/
राप्ती-
 
दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ ।
 
संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो ।
 
अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो ।
 
खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
 
छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ ।
 
कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।
 
‘संस्थानले एकै प्रकृतिको कामलाई दुई टुक्रा पारेको छ, दुई ठेकेदार कम्पनीसँगको मिलेमतोमा इस्टिमेट तयार पारी सोही रेटमा टेन्डर आह्वान गरेको र ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने मापदण्ड पनि दुई कम्पनीसँग मिल्ने गरी मात्र बनाएको पाइयो,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘त्यसरी मिलेमतोमा ठेक्का पाएको कम्पनीले ५० करोड लागतमा किन्नुपर्ने पाइपको भन्सार पास गरेको प्रज्ञानपत्र हेर्दा जम्मा २५ करोडमा खरिद भएको देखिन्छ ।’, यो खबर आजकोनयाँ पत्रिकामा छ । 



More News



शताब्दीपुरुष राष्ट्रकवि घिमिरेको शतायु उत्सवः आयुमा जीवन थप्छन् कविवर

Posted: 2018-09-22 14:20:40

सुनाखरी न्युज/ काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गते सय वर्षमा प्रवेश गर्दैछन् । ‘हामी ७० वर्ष बाँचे पनि हुन्छ, सय वर्ष बाँचे पनि हुन्छ’, हामीले समाजका लागि बाँच्नु पर्नेमा उनले जोड दिए, ‘हामी जिउँदो भएर बाँच्नु पर्छ । समाजका लागि बाँच्नु पर्छ।’ हिन्दुग्रन्थ वेदले पनि मान्छेको आयु सय वर्ष मानेको छ । शताब्दीपुरुष घिमिरेको अनुहारमा कान्ती छाएको देख्यौं हामीले ।...


प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

Posted: 2018-09-22 06:44:48

सुनाखरी न्युज/ काठमाडौँ -सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । ...


इन्धन वितरणमा तोकियो कोटा, कसले कति पाउने (हेर्नुस्)

Posted: 2018-09-21 14:27:30

सुनाखरी न्युज/ काठमाडौँ - इन्धनको अभाव हुने देखिएपछि सरकारले विक्री वितरणका लागि कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोनमा उत्रिएपछि इन्धन ढुवानीमा समस्या भएको छ । आपूर्ति असहजताको कारण देखाउँदै ...


काठमाडौमा पेट्रोलियम पदार्थ अभाव, घण्टौँ लाइन

Posted: 2018-09-21 09:18:13

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव देखिएको छ । मंगलवार देखि ट्याङ्क सञ्चालनमा नआएपछि बिहीवार त्यसको असर ...


नवीनकुमार घिमिरे सर्वसम्मत अख्तियार प्रमुख

Posted: 2018-09-20 20:55:10

सुनाखरी न्युज/ काठमाडौँ — संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतले स्वीकृत गरेको छ। समितिको बिहीबार बसेको बैठकले उनलाई सर्वसम्मत गरेको हो । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको थियो।...


Advertisements