समाचार

किन जान्छ लगातार पहिरो नारायणगढ–मुग्लिन सडकमा ? कसरी हुँदैछ नियन्त्रण ?

Posted: 2018-07-12 07:19:20

 
सुनाखरी न्युज/
चितवन– नारायणगढ–मुग्लिन सडक आयोजनाको हालसम्म कार्य प्रगति हेर्ने हो भने, ९५ प्रतिशतमाथि काम सकिएको छ। खण्ड ३ को साढे ४ किलोमिटर सडकमा तेस्रो चरणको कालोपत्रे गर्ने काम पनि सकिएको छ। अब बाँकि ७ दशमलब ६१ किलोमिटर सडक कालोपत्रे भएपछि आयोजनाको पूरै सडकमा तीनै तहको कालोपत्रेको काम पूरा हुनेछ।
 
तर, सडक निर्माणको काम सकिने अवस्थामा पुगे पनि यात्रु भने पानी पर्नासाथ कतै पहिरो आफू सवार साधनमाथि नै खस्ने हो कि भन्ने त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ। किनकि नारायणगढ–मुग्लिन सडकमा बर्सा सुरु भएसँगै निरन्तर पहिरो खसिरहेको छ। जसका कारण यात्रुले दुर्घटनाको जोखिमसँगै घन्टौं जाममा बस्नुपर्ने नियति भोगिरहेका छन्। बाटो बन्यो भनेर ढुक्कका साथ यात्रा गर्न पाउनुपर्ने बेला लगातार झरिरहेको पहिरोले यतिबेला समग्र आयोजनाको स्थायित्वमाथि नै प्रश्न उब्जिएको छ। 
 
नारायणगढ–मुग्लिन सडकखण्डको भू–परिधि, पहिरो खस्नुका कारण तथा रोकथामका उपयायबारे आयोजनामा कन्सलट्यान्ट इन्जिनियरका रुपमा कार्यरत सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेसँग गरिएको कुराकानीमा आधारित सामाग्रीः
 
 
 
इन्जिनियर ज्ञानेन्द्र घिमिरे
 
नारायणगढ–मुग्लिन यस्तो सडकखण्ड हो, जसको भू–सतह नजिकको दूरीमा पनि फरक–फरक प्रकृतिको छ। हेर्दै जाने हो भने करिब ५–१० मिटरको अन्तरमा फरक अवस्था फेला पर्छ। त्यसमाथि एकै ठाउँमा विभिन्न विशेषता भेट्न सकिन्छ। धेरै प्रकारको भू–सतह भएको सम्भवतः नेपालकै यो एक मात्र सडकखण्ड हो। यस्तो भू–सतह भएको क्षेत्रलाई अध्ययनका हिसाबले निकै योग्य मानिन्छ।
 
पछिल्लो समय यस सडकखण्ड विस्तारका क्रममा पहिरो लगायतको भौर्ग्भिक समस्या देखिएको छ। यहाँको भू–सतहमा पाइने फरकपन नै यसको प्रमुख कारण हो।
 



More News



नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा ...


प्रधानमन्त्री ओलीलाई भेटेर देउवाले भने डा. केसीको जीवनरक्षा गर्नुस

Posted: 2018-07-18 09:43:38

सुनाखरी न्युज/ काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन । मंगलबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर देउवाले ...


संघ मातहतमा रहेका जिल्लास्थित १८ वटा कार्यालय खारेज

Posted: 2018-07-17 14:01:58

सुनाखरी न्युज/ काठमाडौँ - संघीयता कार्यान्वयनका क्रममा संघ मातहत रहेका जिल्लास्थित १८ वटा कार्यालय खारेज भएका छन् । संवैधानिक व्यवस्था अनुसार सरकारी निर्णयमा जिल्लास्थित शिक्षा, जनस्वास्थ्य, कृषि विकास, पशुसेवा, प्राविधिक, वन, सहकारी, भू संरक्षण, सिँचाइ, महिला तथा बालबालिका र सहरी ...


आज देखि कोटेश्वर जगाती सडकमा कार र मोटरसाइकल लाई छुट्टै लेन, टाइमकार्ड लागू

Posted: 2018-07-17 10:42:36

सुनाखरी न्युज/ काठमाडौँ - आजदेखि कोटेश्वर जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ । दुर्घटना न्यूनीकरण तथा ठूला गाडीबाट साना सवारी साधनलाई हुने बल मिच्याई रोक्न ट्राफिक प्रहरीले लेन नै छुट्याएको हो । ...


निर्वाचनमा एक खर्ब ३१ अर्ब खर्चकसले कति खर्चगरे ?

Posted: 2018-07-17 07:23:44

सुनाखरी न्युज/ काठमाडौँ- नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल रु एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आज सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन प्रतिवेदनअनुसार निर्वाचनका लागि सरकारले ३४ अर्ब ७२ करोड र बाँकी ९६ अर्ब ९१ करोड उम्मेदवार तथा उनीहरूका शुभेच्छुकबाट खर्च गरिएको देखिन आएको छ । ...


Advertisements