समाचार

चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहार स्वरुप प्रदान

Posted: 2018-07-10 10:45:33

सुनाखरी न्युज/ चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांक अनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन । 
 
 
यसअघि गैँडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिनुभयो । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उहाँले बताउनुभयो । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । 
 
 
निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ । चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उहाँले बताउनुभयो । 



More News



एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु

Posted: 2018-09-24 09:43:07

सुनाखरी न्युज/ काठमाडौँ - रौतहटको चन्दनिगहापुरमा एसिड आक्रमणमा परेकी १८ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ। चन्द्रपुर ६ कि १८ वर्षीया सम्झना दासको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको हो। ...


यस बर्ष टिकाको साइत बिहान ९ : ५१ मा उत्तम

Posted: 2018-09-23 09:35:24

सुनाखरी न्युज/ काठमाडौँ - यस बर्षको दशैंमा टिका लगाउने साइत बिहान ९ बजेर ५१ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको निष्कर्ष ...


शताब्दीपुरुष राष्ट्रकवि घिमिरेको शतायु उत्सवः आयुमा जीवन थप्छन् कविवर

Posted: 2018-09-22 14:20:40

सुनाखरी न्युज/ काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गते सय वर्षमा प्रवेश गर्दैछन् । ‘हामी ७० वर्ष बाँचे पनि हुन्छ, सय वर्ष बाँचे पनि हुन्छ’, हामीले समाजका लागि बाँच्नु पर्नेमा उनले जोड दिए, ‘हामी जिउँदो भएर बाँच्नु पर्छ । समाजका लागि बाँच्नु पर्छ।’ हिन्दुग्रन्थ वेदले पनि मान्छेको आयु सय वर्ष मानेको छ । शताब्दीपुरुष घिमिरेको अनुहारमा कान्ती छाएको देख्यौं हामीले ।...


प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

Posted: 2018-09-22 06:44:48

सुनाखरी न्युज/ काठमाडौँ -सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । ...


इन्धन वितरणमा तोकियो कोटा, कसले कति पाउने (हेर्नुस्)

Posted: 2018-09-21 14:27:30

सुनाखरी न्युज/ काठमाडौँ - इन्धनको अभाव हुने देखिएपछि सरकारले विक्री वितरणका लागि कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोनमा उत्रिएपछि इन्धन ढुवानीमा समस्या भएको छ । आपूर्ति असहजताको कारण देखाउँदै ...


Advertisements