समाचार

श्रीमानको हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर श्रीमती राति नै फरार

Posted: 2018-06-14 14:36:36

श्रीमानको हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर श्रीमती राति नै  फरार 
सुनाखरी न्युज 
 
 ताप्लेजुङमा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । 
 
बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको छ । घटना कसरी भयो भन्ने यकिन भइसकेको छैन ।  रासस



More News



पर्वत प्रहरिको सवारी साधन चेक जाँचमा तिव्रता

Posted: 2018-10-16 10:04:54

सुनाखरी न्युज/ पर्वत - पर्वत प्रहरिले सवारी चेकजाँच तिव्रता दिएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा जिल्ला भित्रने र वाहिरिने सार्वजनिक सवारी साधनहरुमा कायम भएको भाडादर भन्दा वढी भाडा असुल्ने, क्षमता भन्दा वढी यात्रु राख्ने तथा सवारी ऐन विपरित ...


फूलपातीदेखि एकादशी सम्म राजधानीको फोहोर नउठाइने

Posted: 2018-10-15 09:49:35

सुनाखरी न्युज/ काठमाडौं - सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...


बिजया दशमीका दिन सेनाले उपत्यकामा निःशुल्क बस सञ्चालन गर्ने, यी रुटमा चल्छन् सेनाका बस

Posted: 2018-10-15 09:34:48

सुनाखरी न्युज/ काठमाडौं - नेपाली सेनाले दशैंको टीकाका दिन निशुल्क बस सञ्चालन गर्ने भएको छ। सेनाले काठमाडौँ उपत्यकाका आठवटा रुटमा सञ्चालन हुने गरि बिहान सातदेखि दिउँसो ३ बजेसम्म बस सञ्चालनमा ल्याउन थालेको हो। ...


यसरी सिमाइन्छ खाद्यान्नमा अखाद्य वस्तु, कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले ?

Posted: 2018-10-14 07:06:41

सुनाखरी न्युज/ काठमाडौं -व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।


दशैं बिदालाई यसरी उपयोग गर्न सकिन्छ

Posted: 2018-10-13 07:11:52

सुनाखरी न्युज/ काठमाडौं- दशैं आयो । दशैँमा थुप्रै दिन बिदा हुन्छ, कसैलाई त घटस्थापनादेखि तिहारसम्मै एक एक महिना । बिदाको समय दशैंको नित्य कर्म पूजापाठ र टीकाबाहेकका समय ब्यतित गर्न गाह्रो हुन सक्छ । यहाँ समयलाई दिक्क नलाग्ने गरी कसरी बिताउने भन्ने बिषयमा छलफल गरिन्छ । सबैजानाले एउटै कुरा वा एकै जनाले उल्लेखित सबैकुरा गर्नुपर्छ भन्ने छैन, एकजनाले कम्तिमा कुनै एक कुरा गरे काफी हुन्छ ।...


Advertisements