समाचार

पूर्वराजाको जन्मोत्सव मनाउन मूल समारोह समिति गठन , समितिमा ३ हजार ५ सय ७२ जना सदस्य

Posted: 2018-06-14 13:13:20

 
सुनाखरी न्युज 
 
असार २३ गतेको पूर्वराजा शाहको जन्मोत्सव परेको छ ।  पूर्वराजा  शाहको जन्मोत्सव मनाउन मूल समारोह समिति गठन भएको छ । समितिमा ३ हजार ५ सय ७२ सदस्य छन् । पूर्वराजसभा स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको अध्यक्षतामा गठित समितिले असार २१ देखि २७ गतेसम्म देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्नेछ । पूर्वराजाको जन्मोत्सवमा विभिन्न मन्दिरमा पूजाआजा तथा अन्य सामाजिक कार्यक्रम गरिनेछ । साथै जन्मोत्सवका दिन विभिन्न मन्दिरको प्रसाद ग्रहणका लागि पूर्वराजा समक्ष पुरÞ्याइनेछ ।समितिमार्फत एक सातासम्म भव्यताका साथ जन्मोत्सव मनाइनेछ ।
 
उपाध्यक्षमा जगदीश खड्का, प्रकाश चित्रकार, टंकनारायण राजवंशी, द्वारिकामानसिंह प्रधान, रिना तुलाचन, जमुना शेरचन, ऋषिबाबु परियार, सइन्द्र बान्तावा, परशुराम तामाङ, रामकृष्ण पन्त, प्रा.डा. उषा ठाकुर, राजाराम अधिवक्ता विष्णु भट्टराई, विष्णुप्रसाद शर्मा, अनिल बस्नेत, ध्रुव महर्जन, शुभद्रा विश्वकर्मा, मीरा राणा, इन्द्रबहादुर शाक्य,   मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, सलिम खान गौस, दहिन्द्रबहादुर ठकुरी, सदयशमशेर जबरा, केशव भण्डारी, शङ्कर पौडेल, प्रदीपविक्रम राण, प्रा.डा. सुष्मा आचार्य, प्रा.डा. अवधेशकुमार ठाकुर, माइला तामाङ, केशव भण्डारी, इन्द्रकुमार चाम्लिङ, शंकर पौडेल र विक्रमबहादुर बम रहेका छन्। व्यवस्थापन समितिमा ३ सय ६८ जना राखिएको छ । 
 
सहअध्यक्षमा गीता क्षेत्री राणा, डा.मञ्जुरत्न शाक्य, श्रीमती भेषराज्यलक्ष्मी सिंह, किशोरी महतो, इन्दिरा मल्ल, ज्योत्सना राज्यलक्ष्मी थापा र सइन्द्रबहादुर ठकुरी रहेका छन् । महासचिवमा राधेश्याम थापा र सहसचिवमा केशरी श्रेष्ठ, पद्मा ताम्राकार, अशोकमान वैद्य, सुदर्शन भट्टराई, विसन्तर शाक्य, मीरा रञ्जित र प्रकाश महर्जन रहेका छन् ।
 



More News



धुवाँ फाल्ने गाडी आज देखि काठमाडौं र ललितपुरमा चलाउन निषेध

Posted: 2018-08-17 15:09:36

सुनाखरी न्युज/ काठमाडौं - राजधानीको वायूप्रदुषण नियन्त्रण गर्न सरकारले आजदेखि काठमाडौं महानगरपालिका र ललितपुर उपहानगरपालिकामा प्रदुषणमा फेल हुने गाडीलाई चलाउन नदिने भएको छ। यसअघि कारबाही गरेर चलाउन दिने गरिएको थियो। ...


नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडीसहित पक्राउ परे सशस्त्र प्रहरीका हवल्दार

Posted: 2018-08-17 12:01:38

सुनाखरी न्युज/ नवलपरासी - एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण ...


विवाहित महिला लाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

Posted: 2018-08-16 09:56:16

सुनाखरी न्युज/ काठमाडौं - मुलुकी ऐन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ। नयाँ ऐन अनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन । ...


कसैले कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति तिर्नुपर्ने

Posted: 2018-08-15 12:53:10

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ बाट लागु हुन लागेको नयाँ मुलुकी ९देवानी० संहिता ऐन २०७४ ले कसैले कसैलाई झुठा उजुरी दिए उजुरी कर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अब जो कसैले प्रमाण विना कसैमाथि ...


जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद वा १० हजार रुपियाँ जरिवाना हुने

Posted: 2018-08-14 12:13:18

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भाग सँग ...


Advertisements