समाचार

ठमेलमा गुण्डागर्दी गर्ने थापा र गुरूङ पक्राउ

Posted: 2018-06-14 13:01:40

सुनाखरी न्युज/ काठमाडौं - प्रहरीले ठमेल क्षेत्रको गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन । काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङलाई पेस्तोल र एउटा खुकुरीसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापा राधे समूहका गुन्डा हुन । होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानो पछि प्रहरीले निगरानी बढाएको थियो । खोजतलासका क्रममा उनीहरुलाई बुधबार राति ठमेल, ज्याठाको गल्लीबाट नियन्त्रणमा लिइएको परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताउनु भयो । 
 
 
उनीहरुले बोकेको कालो झोला चेकजाँच गर्दा रिवल्वर र खुकरी फेला परेको प्रहरीले जनाएको छ ।



More News



दुई राप्रपाबीच एकता प्रक्रिया शुरु, दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषय प्राथमिकतामा

Posted: 2018-06-20 07:29:00

सुनाखरी न्युज/ काठमाडौं कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा प्रक्रिया शुरु भएको छ । दुवै दलबाट गठित कार्यदलले पहिलो पटक छलफल गरेको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।...


रोजगारीका लागी मलेसिया कतार साउदी कुबेत ओमान र बहराइनमा पुगेका ५ सयभन्दा बढी नेपाली विदेशी जेलमा, कुन देशमा कति

Posted: 2018-06-19 12:41:44

सुनाखरी न्युज/ काठमाडौ - नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सय भन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार ती मध्ये ९७ जना महिला छन। विदेशका कुन जेलमा कति नेपाली छन भन्ने विवरण भने सरकारले संकलन गर्न सकेको छैन । ...


डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने,श्रद्धाञ्जलि दिन न्युरो अस्पतालमा सर्वसाधरण र शुभेच्छुकको भीड

Posted: 2018-06-19 09:57:41

सुनाखरी न्युज/ काठमाडौ - सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । उहाँलाई राजकीय सम्मान दिने निर्णय भएको छ । मन्त्री तामाङले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो । ...


राष्ट्रियसभामा कस्को कार्यकाल कति? गृहमन्त्री थापा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको पदावधि छ वर्ष, अर्थमन्त्रीको २ वर्ष

Posted: 2018-06-18 14:14:53

सुनाखरी न्युज/ काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि छ वर्ष भएको छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाएको थियो ।...


गोलाप्रथाबाट यसरी हुँदैछ ५९ सांसदको भाग्य फैसला

Posted: 2018-06-18 08:35:44

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ ।...


Advertisements