समाचार

कलंकीदेखि महाराजगञ्ज सम्म मापदण्ड मिचेर बनाइएका घर टहरा लगायत संरचना भत्काउन अटेरी

Posted: 2018-06-14 11:59:16

सुनाखरी न्युज/ काठमाडौं - कलंकीदेखि महाराजगञ्ज सम्मको सडक किनारका वासिन्दाले मापदण्ड मिचेर बनाइएका घर टहरा लगायत संरचना भत्काउन अटेरी गरेका छन । सडक विभागले चक्रपथ विस्तारका लागि घर टहरा लगायत संरचना भत्काउन १५ दिनको समय दिएकामा म्याद गुज्रिएको एक साता वित्दा पनि सडक किनारका संरचना यथावत नै रहेका छन । विभागले मापदण्ड मिचेर बनाइएका संरचना अब डोजर र एक्साभेटर प्रयोग गरी आफैं भत्काउने बताएको छ । कोटेश्वर–कलंकी सडक विस्तारको काम अन्तिम चरणमा पुगेसँगै कलंकीदेखि महाराजगञ्ज सम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाइएको छ । सडक विभागले कलंकीदेखि महाराजगञ्ज सम्मको सडक विस्तारका लागि जेठ ८ गते १५ दिनको समय दिइ मापदण्ड मिचेर सडक किनारमा बनाइएका संरचना हटाउन स्थानीयवासी सँग आग्रह गर्यो । तर विभागको आग्रहलाई स्थानीयवासीले बेवास्ता गरेका छन । 
 
 
१५ दिने सूचनाको म्याद सकिएको एक साता वित्दा पनि सडक किनारका संरचना यथावत छन् । सडकको बीचबाट ३१र३१ मिटर दायाँबायाँ सडक विस्तारका लागि कतिपय संरचना भत्काउनुपर्ने हुन्छ । सडक विभागले अब मापदण्ड मिचेर बनाइएका संरचना आफैं भत्काउने र भत्काउन लाग्ने खर्च घरधनीसँग असुल गर्ने बताएको छ । विभागले कलंकीदेखि महाराजगञ्जसम्मको ८ किलोमिटर सडक चीनको सहयोगमा ८ लेनमा विस्तार गर्न लागेको हो । विभागले विस्तारको काम अगाडि बढाउन १५ दिनभित्र सडक किनारका सबै संरचना भत्काउने बताएको छ । अढाइ महिनापछि सडक विस्तारको काम सुरु गर्ने योजना रहेका कारण १५ दिनभित्र सडक किनारका संरचना भत्काउने विभागको भनाइ छ । तर स्थानीयवासीले असहयोग गरेका कारण विभागलाई बोले अनुसार काम गर्न भने सजिलो छैन । अर्थात चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ हुने देखिएको छ । 
 
 
त्यसो त चक्रपथ विस्तारका लागि विभागले नै खडा गरेको चक्रपथ सुधार आयोजनाले समेत सडक किनारका संरचना हटाउने तयारीबारे आफूलाई केही जानकारी नभएको बताउनुले पनि विस्तारको काम समयमै सुरु हुन्छ भनेर पत्याउन सकिने अवस्था छैन ।



More News



८ संवैधानिक आयोगमा ४० पदाधिकारीको नियुक्तिका लागि सूचना प्रकाशित

Posted: 2018-08-21 12:40:27

सुनाखरी न्युज/ काठमाडौं - सरकारले विभिन्न ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवालयले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । ...


प्रदेश ३ को राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

Posted: 2018-08-20 11:57:39

सुनाखरी न्युज/ काठमाडौं - प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये ...


बाढीले पुल बगाएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित

Posted: 2018-08-20 10:49:59

सुनाखरी न्युज/ नुवाकोट - बाढीले पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली बेत्रावती खण्डको विदुर नगरपालिका १ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन । ...


सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन

Posted: 2018-08-19 21:56:07

सुनाखरी न्युज/ काठमाडौं- सरकारले सार्वजनिक खर्च पुनरावलोकनको मार्गचित्र तयारगरी सुझावदिन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ । मन्त्रिपरिषदको आइतवारको बैठकले अर्थशास्त्री डा. डिल्लीराज खनालको संयोजकत्वमा आयोग गठन गरेको हो । ...


यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति ...


Advertisements