समाचार

अवैध रुपले काठ ओसार्ने सशस्त्र प्रहरीका डिएसपी सहित ४ जना निलम्बनमा

Posted: 2018-06-14 09:54:13

सुनाखरी न्युज/ काठमाडौं - अवैध रुपले काठ ओसार्ने कार्यमा सम्लग्न भएको भन्दै सशस्त्र प्रहरीले एक  डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरिएको प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका भण्डारीसहित ४ जना प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई तथा सो गाडीका चालक दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको उनले बताए। सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसिना सदस्य रहेका छन् ।
 
 
प्रारम्भिक छानवीनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा कुनै जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको हो । छानवीन समितिले स्थलगत अध्ययन गर्नुकासाथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन दिएको छ ।
 
 
तत्काल उनीहरुलाई निलम्वन नगरिदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।



More News



८ संवैधानिक आयोगमा ४० पदाधिकारीको नियुक्तिका लागि सूचना प्रकाशित

Posted: 2018-08-21 12:40:27

सुनाखरी न्युज/ काठमाडौं - सरकारले विभिन्न ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवालयले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । ...


प्रदेश ३ को राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

Posted: 2018-08-20 11:57:39

सुनाखरी न्युज/ काठमाडौं - प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये ...


बाढीले पुल बगाएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित

Posted: 2018-08-20 10:49:59

सुनाखरी न्युज/ नुवाकोट - बाढीले पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली बेत्रावती खण्डको विदुर नगरपालिका १ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन । ...


सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन

Posted: 2018-08-19 21:56:07

सुनाखरी न्युज/ काठमाडौं- सरकारले सार्वजनिक खर्च पुनरावलोकनको मार्गचित्र तयारगरी सुझावदिन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ । मन्त्रिपरिषदको आइतवारको बैठकले अर्थशास्त्री डा. डिल्लीराज खनालको संयोजकत्वमा आयोग गठन गरेको हो । ...


यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति ...


Advertisements