समाचार

प्रधानमन्त्रीको असार ५ गते चीनको औपचारिक भ्रमण तय , को को छन् जम्बो टोलीमा ।

Posted: 2018-06-13 17:58:18

सुनाखरी न्युज 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । 
 
प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने जनाइएको छ । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता समेत गर्ने तालिका रहेको छ  । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रेलमार्गदेखि उर्जा सहयोगसम्मका विषयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।  दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको थियो । 
 
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् । 
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नुका साथै ल्हासाको भ्रमण गर्नेछन् ।
 
 
 
 
 
 
 
 
 
 



More News



दुई राप्रपाबीच एकता प्रक्रिया शुरु, दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषय प्राथमिकतामा

Posted: 2018-06-20 07:29:00

सुनाखरी न्युज/ काठमाडौं कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा प्रक्रिया शुरु भएको छ । दुवै दलबाट गठित कार्यदलले पहिलो पटक छलफल गरेको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।...


रोजगारीका लागी मलेसिया कतार साउदी कुबेत ओमान र बहराइनमा पुगेका ५ सयभन्दा बढी नेपाली विदेशी जेलमा, कुन देशमा कति

Posted: 2018-06-19 12:41:44

सुनाखरी न्युज/ काठमाडौ - नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सय भन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार ती मध्ये ९७ जना महिला छन। विदेशका कुन जेलमा कति नेपाली छन भन्ने विवरण भने सरकारले संकलन गर्न सकेको छैन । ...


डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने,श्रद्धाञ्जलि दिन न्युरो अस्पतालमा सर्वसाधरण र शुभेच्छुकको भीड

Posted: 2018-06-19 09:57:41

सुनाखरी न्युज/ काठमाडौ - सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । उहाँलाई राजकीय सम्मान दिने निर्णय भएको छ । मन्त्री तामाङले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो । ...


राष्ट्रियसभामा कस्को कार्यकाल कति? गृहमन्त्री थापा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको पदावधि छ वर्ष, अर्थमन्त्रीको २ वर्ष

Posted: 2018-06-18 14:14:53

सुनाखरी न्युज/ काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि छ वर्ष भएको छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाएको थियो ।...


गोलाप्रथाबाट यसरी हुँदैछ ५९ सांसदको भाग्य फैसला

Posted: 2018-06-18 08:35:44

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ ।...


Advertisements