समाचार

हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने : गृहमन्त्री रामबहादुर थापा

Posted: 2018-06-13 14:32:18

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्यालेस र क्याटरिङ व्यवसाय संग हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका छन्। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए।पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ,गृहमन्त्रीले भने। महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए।महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ। 
 
 
महाधिवेशन पछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ।
 
 
 



More News



८ संवैधानिक आयोगमा ४० पदाधिकारीको नियुक्तिका लागि सूचना प्रकाशित

Posted: 2018-08-21 12:40:27

सुनाखरी न्युज/ काठमाडौं - सरकारले विभिन्न ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवालयले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । ...


प्रदेश ३ को राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

Posted: 2018-08-20 11:57:39

सुनाखरी न्युज/ काठमाडौं - प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये ...


बाढीले पुल बगाएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित

Posted: 2018-08-20 10:49:59

सुनाखरी न्युज/ नुवाकोट - बाढीले पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली बेत्रावती खण्डको विदुर नगरपालिका १ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन । ...


सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन

Posted: 2018-08-19 21:56:07

सुनाखरी न्युज/ काठमाडौं- सरकारले सार्वजनिक खर्च पुनरावलोकनको मार्गचित्र तयारगरी सुझावदिन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ । मन्त्रिपरिषदको आइतवारको बैठकले अर्थशास्त्री डा. डिल्लीराज खनालको संयोजकत्वमा आयोग गठन गरेको हो । ...


यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति ...


Advertisements