समाचार

मेलम्चीको पानी दशैंसम्म पनि काठमाडौं ल्याउन कठीन

Posted: 2018-06-02 05:53:03

 
सुनाखरी न्युज/
काठमाडौं -
वहुचर्चितमेलम्ची खानेपानी  दशैंसम्म काठमाडौं ल्याउन कठीन हुने देखिएको छ । मेलम्ची आयोजनाको ठेकेदार कम्पनीले सरकारको लक्ष्यअनुसार काम नगरेपछि दशैंअघि नै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सरकारी लक्ष्य प्रभावित हुने देखिएको हो ।
 
ठेकेदार कम्पनीका प्रतिनिधिले काम गर्न आफ्नो इटालीस्थित केन्द्रीय कार्यालयबाट पैसा नभएको बाहाना बनाएका छन् । जसले समयमै काम सक्न मुस्किल पर्ने देखिएको छ ।
 
 
 
 
सुरुङमार्गमा ब्रेक(थ्रु भए पनि सिमेन्ट लगाएर फिनिसिङ गर्ने काम बाँकी नै छ । हेडवर्क्सको काम पनि बाँकी नै छ । मेलम्चीलाई बाँध बनाएर थनेर टनेलमा हाल्ने संरचना बनाउन पनि बाँकी छ ।
 
यही अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसी दि रेभेनाले विभिन्न समस्या देखाउँदै काम गर्न आनाकानी गरेपछि मेलम्ची आयोजनाको म्याद अझै पछि धकेलिने लगभग तय भएको हो ।
 
ठेकेदारको लापरवाही र बार्गे्निङले हद नाघेपछि शुक्रबार खानेपमानी मन्त्रालयले ठेकेदार कम्पनीलाई कारबाही चेतावनी दिएको छ ।
 
आयोजनामा तीव्र गतिमा काम नभएपछि खानेपानी मन्त्रालयले सुरुङ फिनिसिङको काम दु्रत गतिमा अघि बढाउन, हेडवर्क्सबाट सुरुङमा पानी पठाउने काम प्राथमिकताका साथ गर्न, सुरुङको कामको बारेमा सूचना प्रदान गर्न, सुरुङको भेन्टिलेसन निर्माण चाँडै पुरा गर्न र पानी सुरुङमा पठाउन गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएको छ ।
 
खानेपानी मन्त्रालयका सचिव कृष्णराम बिसीले कम्पनीले निर्धा्रित समयमै काम सक्ने भनेपनि काम भने त्यस्तो गतिमा नगरेको बताए । अब कम्पनीका मुख्यालयबाटै प्रतिनिधि बोलाएर छलफल गर्न लागिएको उनले जानकारी दिए ।
 
समस्या समाधान नभए कडा किसिमको कदम चाल्न पनि पछि नहट्ने बिसीले बताए । काममा आटटाल भइरहे आलटाल गरे ठेक्का रद्द समेत गर्न सक्ने सरकारको संकेत छ ।
 
अहिले मेलम्चीको सुरुङमा ढलानसहित फिनिसिङ (लाइनिङ)को काम भइरहेको छ । तर, यसको गति निकै सुस्त छ । अडिट टनेलहरु थुल्ले काम पनि बाँकी नै छ ।
 
 
 
ठेकेदार प्रतिनिधिले कम्पनीभित्र आन्तरिक विवाद भएको र आफ्नो केन्द्रीय कार्यालयले असहयोग गरेको जवाफ दिएको जानकारी मन्त्रालयले दिएको छ । ठेकेदार कम्पनीले सम्झौताभन्दा करि १ अर्ब ६५ करोड बढी अतिरिक्त भुक्तानी सरकारसँग मागेको छ । विभिन्न कारण देखाएर ठेकेदारले अतिरिक्त भुक्तानी मागेको हो । जसमध्ये २८ करोड रूपैयाँ कम्पनीले पाइसकेको छ । हरू रकमको पनि भुक्तानी लिनका लागि दबाव बनाउन कम्पनीले मेलम्चीको काम सुस्त गतिमा गरेको अनुमान  छ।
कम्पनीले वैशाख साउनसम्मसुरुङ फिनिसिङको काम टुंग्याउने बताए पनि काम भने नगरेकाले आफूहरु आश्चर्यमा परेको सचिव बिसीले बताए । उनकाअनुसार महिना दिनमा ६ किलोमिटर सुरुङ फिनिसिङ भएमात्र लक्ष्य अनुसार काठमाडौंमा पानी आउन सक्छ । तर, अहिले महिनामा मुस्किकले १ किलोमिटर सुरुङको फिनिसिङ भइरहेको छ ।



More News



दुई महिनामा डेढ खर्ब रेमिटयान्स, अधिकांस पैसा उपभोगमै खर्च

Posted: 2018-10-28 07:51:02

सुनाखरी न्युज/ काठमाडौँ — चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म रेमिटयान्समार्फत १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिटयान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ। साउनमा रेमिटयान्स वृद्धिदर ३३.१ प्रतिशत थियो। ...


३० प्रतिशतले पहिलो किस्ताको ५० हजार लिएर घर बनाएनन्, ‘एक्सन’ लिने तयारीमा प्राधिकरण

Posted: 2018-10-27 13:19:52

सुनाखरी न्युज/ काठमाडौं– करीब १० देखि १५ प्रतिशत नक्कली भूकम्पपीडितले गलत तरिकाले अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुमान गरेको छ । प्राधिकरण कार्यकारी समितिका सदस्य चन्द्रबहादुर श्रेष्ठले करीब ३० अर्ब रकम गलत तरिकाले वितरण भएको हुनसक्ने अनुमान गरेका छन् । हालै भएको एक कार्यक्रममा बोल्दै उनले यति ठूलो परिमाणमा खेर गएको पैसा असुल उपर गर्न राज्यलाई निकै कठिन रहेको पनि बताएका छन् ।...


टोखा नगरपालिकाका तीन पानी प्रशोधन उद्योगमा शिलबन्दी

Posted: 2018-10-26 13:12:14

सुनाखरी न्युज/ काठमाडौं - सरकारी अनुगमन टोलीले बिहीबार टोखा नगरपालिकाका तीन पानी प्रशोधन उद्योगमा शिलबन्दी गरेको छ। सरकारी मापदण्ड अनरूप नरहेको, ठाउँसारीको पत्र नलिएको, फोहोर व्यवस्थित नगरेको ...


विष्फोटक पदार्थसहित तीन भारतीय नागरिक पक्राउ

Posted: 2018-10-26 10:17:32

सुनाखरी न्युज/ विराटनगर - सुनसरीको धरानबाट प्रहरीले ठूलो परिमाणको पटका सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– १० धर्मपथमा मौसम सुनुवारको घरमा कोठा भाडामा लिएर ...


तीन महिनामा ४८ अर्बको इन्धन आयात

Posted: 2018-10-26 07:04:14

सुनाखरी न्युज/ काठमाडौं – नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७५-७६ को पहिलो तीन महिनामा करिब ४८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। उक्त अवधिमा निगमले चार लाख ९६ हजार आठ सय ६५ किलोलिटर पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात गरेको हो।...


Advertisements