समाचार

नयाँ नेपाल निर्माणको अभियान थालनीमा अल्मिलिएको बजेट

Posted: 2018-06-01 21:05:00

 
सुनाखरी न्युज/
काठमाडौं-
अर्थमन्त्री डा युवराज खतिवडाले गत मंगलबार आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको बजेटमा ६ दशमलव ५ प्रतिशतमा मुल्यवृद्धिलाई सीमित गर्ने भनिएको छ । वामपन्थी सरकारको दुई तिहाई वहुमत नजिकको सरकारले ल्याउने बजेट विगतका बजेटको क्रमभगगर्दै आउने चोतर्फि अपेक्षाका वावजुद घुमाउरो तरिकारले पुरानै शैलिमा आयो । यसको बतै समर्थन र कतै विरोध शुरु भएको छ । 
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रले धान्न सक्ने मात्रै बजेट बनाएको तर्क गरेका छन् । खासगरी तत्कािलन वाम गठबन्धनको घोषणा अनुसार बजेट आउने अपेक्षा गरिएको भएपनि उनले त्यसो गरेनन् । बजेटलाइ विकासको अवधारणाको खाका कार्ने माध्यममात्रै बनाए उनले । त्यसकालागि राजस्वलाई मुख्य आधार वनाए । जसले आम नेपालीलाई कतै न कतै  छुने अवस्था आउने छ ।
वामा सरकारको कटु आलोचक एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत बजेटमा कार्यान्वयन संभव नहुने आयोजनाहरु राखिएको बताउँछन् । राजनीतिक लाभका लागि कार्यक्रमहरु समावेश भएको उनको आरोप छ । सरकारले लिएको ८ प्रतिशत वृद्धिको लक्ष्य पुराहुन संभव नभएको दावी उनी गर्छन् । यसलेगर्दा वास्तविकभन्दा पनि कार्यान्वयन नहुने जोखिम बढी भएको उनको तर्क छ । 
अहिलेको बजेटले स्थानीय तह र प्रदेशलाई प्राथमिकतामा राख्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । ‘अव प्रदेश र स्थानीय तहले पनि बजेट ल्याउँने भएकोले त्यो सबैलाई हेर्नुपर्ने खाँचो थियो तर केन्द्र सरकारले त्यसलाई हेर्न सकेन,’ उनले भने । अर्थतन्त्रको विकासका लागि सरकारीका अतिरिक्त निजी क्षेत्रको लगानी बढाउनु पर्ने भएपनि त्यो हुन नसकेको उनले बताए । अहिले आयकरमा नयाँ दरको प्रस्ताव गरिएको र २० लाख भन्दा धेरै करयोग्य आय भएकालाई थप कर लगाउने भनिएकाले यसले लगानीलाई निरुत्साहित गर्ने टिप्पणी उनले गरे । 
पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको टिप्पणी गरे । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफलमा उनले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गरे ।
‘यो बजेट सामान्य अवस्थामा आएको छैन । यो त नयाँ युगमा नेपाल कसरी अघि बढ्छ भन्ने आधार हो,’ उनले भने ‘यो बजेट भिन्न परिवेशमा आएको छ । यसले मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा छ ।’ पुर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले अर्थमन्त्री डा. खतिवडा आफैं विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको तर्क गरे । ‘बजेटमा कतिपय राम्रा पक्ष पनि छन, उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।’ यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुुनुपर्ने बजेट सामान्य गाडी चलेजस्तो मात्रै भयो उनले भने । 
बजेटमा दृष्टिकोण र प्राथमिकता निर्धारण गर्न नसक्दा समस्या देखिएको उल्लेख गर्दै उनले वर्तमान परिवेशमा हिजोको ढाँचामा बजेट तय गर्नुपर्ने आवश्यकता छैन भने । आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने उनको धारणा थियो ।
समाजवाद उन्मुख अर्थतन्त्र आगामी यात्रा हुनुपर्ने धारणा व्यक्त गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका सांसद डा भट्टराईले पूर्वी र दक्षिण एशिया तथा भारतको आर्थिक विकासको मोडल नेपालका लागि उपयुक्त हुने धारणा राखे । विकासमा एक चौथाइमात्र खर्च गरेर दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुन सक्दैन भन्दै उनले बजेटमा शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न खोजिएजस्तो देखिएको र निजी क्षेत्रलाई भने प्रोत्साहन गर्न नसकेको भन्दै आलोचना गरे ।
अर्थमन्त्री डा. खतिवडा आफैंले प्रतिपक्षीहरुको आलोचना स्वीकार गरिसकेका छन् । संघीय संरचनाको पहिलो बजेट भएकोले यसको निर्माणकाक्रममा अल्मिलिएभन्दै र विगतको काखा भन्दा फरक भएकोले नयाँ मोडलमा जाँदा पुरानो आधारसँग तुलनागर्न कठीन भएकोले कामगर्न अप्ठरो परेको उनले बताए । यद्यपी रोजगारको अवसरको सृजनागर्न, राजस्वको दायरा बढाउन र वित्तिय शुसासन कायमगर्नतर्फ भने बजेटमा पर्याप्त ध्यान दिइएको छ । 
 



More News



कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, डा केसीको जीवनरक्षा गर्न माग

Posted: 2018-07-06 15:10:43

सुनाखरी न्युज/ काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव ...


सप्तकोसीमा रातो बत्ती बालियो, पानीको बहाव बढ्नेक्रम जारी

Posted: 2018-07-05 15:42:00

सुनाखरी न्युज/ विराटनगर — पूर्वी पहाडी जिल्लामा भएको वर्षासँगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीका कारण सप्तकोसी नदीको जलस्तर बढेको छ । यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्। दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो। बिहीबार बिहानबाट कोशीको जलस्तर लगातार बढिरहेको छ।...


आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना, सूचना प्रविधिलाई डिजिटल प्रविधिमा लैजाने

Posted: 2018-07-05 13:29:19

सुनाखरी न्युज/ ललितपुर - राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोग मार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जानकारी दिएको छ । चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालय लगायतका भवन सबै सुधारका क्रममा रहेको डा. चिरञ्जीवी खरेलले बताए । ...


कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

Posted: 2018-07-04 07:46:07

सुनाखरी न्युज/ काठमाडौं -पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । ...


जल तथा मौसम पूर्वानुमान शाखाको अपिल, आज पनि पानी पर्न सक्छ सतर्क रहनुस

Posted: 2018-07-03 11:28:43

सुनाखरी न्युज/ काठमाडौँ - आज पनि देशका पूर्वी तथा मध्य भूभागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । वर्षा हुने सम्भावना रहेकाले देशको मध्य र पूर्वी भागका नागरिकलाई सतर्क रहन शाखाले अपिल गरेको छ । ...


Advertisements