समाचार

लागूऔषध बोकेर काठमाडौं आएको भारतीय नम्बर प्लेटको गाडी प्रहरी नियन्त्रणमा , ल्याउने गिरोह फरार

Posted: 2018-05-17 14:47:38

सुनाखरी न्यज/
काठमाडौं- ठुलो मात्रामा लागूऔषध लिएर काठमाडौं आएको एक भारतीय गाडीलाई प्रहरीले बल्खुमा नियन्त्रण लिई दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोले भारतको पूर्बी चम्पारणका जितेन्द्र कुकार र मनोज कुमारलाई पक्राउ गरेको छ ।अनुसन्धानको क्रममा सो लागूऔषध रक्सौल बस्ने रीता शर्माले पठाएको खुलेको छ। उनले पछिल्लो सयम काठमाडौंमा ६ हजार ७ सय २० एम्पुल लागूऔषध पठाइसकेको अनुसन्धानमा खुलेको छ। उनले काठमाडौं सहित नेपालका विभिन्न सहरहरुमा लागूऔष बिक्रि गर्दै आएको ब्यूरोले जनाएको छ। तर उनलाई प्रहरीले पक्राउ गर्न भने असफल भई रहेको छ ।
 
 
गत चैत २९ गते रिताले नै पठाएको २ हजार १ सय १५ एम्पुल लागूऔषधसहित प्रहरीले जडिबुटीबाट वीरगंजका सनी कुमारलाई पक्राउ गरेको थियो। त्यस्तै बैशाख १३ गते सुन्धाराबाट मनोहर गिरीलाई एक सय ५ एम्पुल, बैशाख २० गते रौतहटका अफताव वास्ता र शेख अंकुर आलमलाई ३ हजार एम्पुल लागूऔषध सहित कलंकीबाट पक्राउ गरेको थियो। बरामद भएका यी सबै लागूऔषध रिताले नै पठाएको ब्यूरोले जनाएको छ। 
 
बीआर ०५ पीए ७०३१ नम्बरको टाटा सुमो गाडीबाट प्रहरीले १५ सय एम्पुल लागूऔषध बरामद गरेको हो। 
 



More News



संघीय बजेट निर्माण अन्तिम चरणमा, आकार १२ खर्बको हाराहारी

Posted: 2018-05-26 06:38:39

सुनाखरी न्युज/ काठमाडौं- सरकार आगामी आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । संविधानले जेठ १५ भित्र अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बजेटको तयारी धमाधम भइरहेको हो ।...


कोटेश्वर–कलंकी सडक र अन्डरपास तयार हुँदै

Posted: 2018-05-25 14:25:37

सुनाखरी न्युज/ काठमाडौं- उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ । अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्छ । जसले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाउँछ । अब भने यो समस्या अन्त्य हुँदै छ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ ।...


​’स्टुडेन्ट अफ द इयर २’ मा पनि आलिया, वरुण र सिद्धार्थ देखिने

Posted: 2018-05-25 08:00:34

सुनाखरी न्युज/ एजेन्सी– बलिउड अभिनेता वरुण धवन, सिद्धार्थ मल्होत्रा र अभिनेत्री अलिया भट्ट पुनस् एकसाथ देखिने भएका छन्। ’स्टुडेन्ट अफ द इयर’बाट डेब्यू गरेका यी ३ कलाकार यसैको दोस्रो भागमा पुनः दोहोरिन लागेका हुन्। उनीहरु फिल्मको एउटा गीतमा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गीतको भिडियोको निर्देशन करण जौहरले गर्नेछन्।...


मन्त्रीहरुको सम्पत्ति विवरणः 'गरिब’ मन्त्रीका धनी श्रीमती

Posted: 2018-05-24 12:21:38

सुनाखरी न्युज/ काठमाडौँ — अकिकांश मन्त्रीको सम्पति न्यून देखिएको छ । अधिकांश मन्त्रीहरुको श्रीमतीका नाममा भने प्रशस्तै सम्पति रहेको छ । त्यो सम्पतिमा श्रीमानको भने योगदान रहेको छैन । ती सम्पतिको स्रोत स्वआर्जन रहेको छ ।...


कर्मचारीको तलव नबढ्ने, आन्दोलन गर्ने निजामती कर्मचारीको चेतावनी

Posted: 2018-05-24 08:16:59

सुनाखरी न्युज/ काठमाडौं- निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बजेटमा निजामति कर्मचारीको तलव वृद्धी र स्वेच्छिक अवकाशमा जान चाहेका कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने लगायतका माग राख्दै माग पुरा नभए आन्दोलन गर्ने धम्की दिएको हो।...


Advertisements