समाचार

कृषियोग्य जमिन प्लटिङ नगर्न सर्बोच्चको आदेश

Posted: 2018-05-17 13:59:14

सुनाखरी न्यज/
काठमाडौं-  सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ नगर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर प्लटिङ नगर्न आदेश दिएको हो।
 
मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रूपमा बिक्रीवितरण कित्ताकाट गर्न नपाउने निर्णय गरेको थियो। मन्त्रालयले एउटै जग्गालाई पटकपटक कित्ताकाट गर्न समेत रोक लगाएको थियो । साथै कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न नपाउने गरी रोक लगाएको थियो। मन्त्रालयको निर्णयविरुद्ध अधिवक्ता जगदीश आचार्यले जग्गाधनी किसानको सम्पत्तिमाथिको संवैधानिक हक हनन भएको भन्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न गत भदौमा अन्तरिम आदेश दिएको थियो।
 
सर्वोच्चले गत भदौ १ गते पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको अन्तरिम आदेश खारेज गर्दै गत फागुन २ मा रिटको फैसला गरेको थियो । फैसलाको पूर्ण पाठ सर्वोच्चले मंगलबार सार्वजनिक गरेको हो।



More News



संघीय बजेट निर्माण अन्तिम चरणमा, आकार १२ खर्बको हाराहारी

Posted: 2018-05-26 06:38:39

सुनाखरी न्युज/ काठमाडौं- सरकार आगामी आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । संविधानले जेठ १५ भित्र अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बजेटको तयारी धमाधम भइरहेको हो ।...


कोटेश्वर–कलंकी सडक र अन्डरपास तयार हुँदै

Posted: 2018-05-25 14:25:37

सुनाखरी न्युज/ काठमाडौं- उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ । अर्कोतर्फ चक्रपथ परिक्रमा गर्ने सवारीको लाम पनि उत्तिकै हुन्छ । जसले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाउँछ । अब भने यो समस्या अन्त्य हुँदै छ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ ।...


​’स्टुडेन्ट अफ द इयर २’ मा पनि आलिया, वरुण र सिद्धार्थ देखिने

Posted: 2018-05-25 08:00:34

सुनाखरी न्युज/ एजेन्सी– बलिउड अभिनेता वरुण धवन, सिद्धार्थ मल्होत्रा र अभिनेत्री अलिया भट्ट पुनस् एकसाथ देखिने भएका छन्। ’स्टुडेन्ट अफ द इयर’बाट डेब्यू गरेका यी ३ कलाकार यसैको दोस्रो भागमा पुनः दोहोरिन लागेका हुन्। उनीहरु फिल्मको एउटा गीतमा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गीतको भिडियोको निर्देशन करण जौहरले गर्नेछन्।...


मन्त्रीहरुको सम्पत्ति विवरणः 'गरिब’ मन्त्रीका धनी श्रीमती

Posted: 2018-05-24 12:21:38

सुनाखरी न्युज/ काठमाडौँ — अकिकांश मन्त्रीको सम्पति न्यून देखिएको छ । अधिकांश मन्त्रीहरुको श्रीमतीका नाममा भने प्रशस्तै सम्पति रहेको छ । त्यो सम्पतिमा श्रीमानको भने योगदान रहेको छैन । ती सम्पतिको स्रोत स्वआर्जन रहेको छ ।...


कर्मचारीको तलव नबढ्ने, आन्दोलन गर्ने निजामती कर्मचारीको चेतावनी

Posted: 2018-05-24 08:16:59

सुनाखरी न्युज/ काठमाडौं- निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बजेटमा निजामति कर्मचारीको तलव वृद्धी र स्वेच्छिक अवकाशमा जान चाहेका कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने लगायतका माग राख्दै माग पुरा नभए आन्दोलन गर्ने धम्की दिएको हो।...


Advertisements