समाचार

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

Posted: 2018-05-16 21:58:47

 

 

सुनाखरी न्युज/

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ ।
 
 
 
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन्।
 
ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ। चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ। आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्।
 
एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए। दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
 
पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णय दुवै पार्टीले अनुमोदन गर्नेछ। त्यसका लागि एमालेले बिहीबार नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
 
एमाले उपाध्यक्ष बामदेव गौतमले भने एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा बिहीबार नै पार्टी एकता घोषणा हुने दाबी गरे । एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।
 



More News



धुवाँ फाल्ने गाडी आज देखि काठमाडौं र ललितपुरमा चलाउन निषेध

Posted: 2018-08-17 15:09:36

सुनाखरी न्युज/ काठमाडौं - राजधानीको वायूप्रदुषण नियन्त्रण गर्न सरकारले आजदेखि काठमाडौं महानगरपालिका र ललितपुर उपहानगरपालिकामा प्रदुषणमा फेल हुने गाडीलाई चलाउन नदिने भएको छ। यसअघि कारबाही गरेर चलाउन दिने गरिएको थियो। ...


नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडीसहित पक्राउ परे सशस्त्र प्रहरीका हवल्दार

Posted: 2018-08-17 12:01:38

सुनाखरी न्युज/ नवलपरासी - एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण ...


विवाहित महिला लाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

Posted: 2018-08-16 09:56:16

सुनाखरी न्युज/ काठमाडौं - मुलुकी ऐन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ। नयाँ ऐन अनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन । ...


कसैले कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति तिर्नुपर्ने

Posted: 2018-08-15 12:53:10

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ बाट लागु हुन लागेको नयाँ मुलुकी ९देवानी० संहिता ऐन २०७४ ले कसैले कसैलाई झुठा उजुरी दिए उजुरी कर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अब जो कसैले प्रमाण विना कसैमाथि ...


जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद वा १० हजार रुपियाँ जरिवाना हुने

Posted: 2018-08-14 12:13:18

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भाग सँग ...


Advertisements