समाचार

तलब बढाउन कर्मचारी संगठनको दबाब, देशव्यापी आन्दोलन गर्ने चेतावनी

Posted: 2018-05-16 15:21:14

सुनाखरी न्युज/
काठमाडौं– निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब वृद्धि नगरे र स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी संगठनले यस्तो चेतावनी दिएको हो। 
 
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने माग गरे। निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोन समितिलाई सक्रिय बनाई तलबबृद्धि गर्न समेत उनले माग गरे। 
 
आधिकारिक ट्रेड युनियनको वैशाख २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो। 
 
स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग 
 
त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउन माग गरेको छ। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने ढकालले बताए। स्थानीय तहसम्म ट्रेड युनिनयको अधिकारलाई सुनिश्चित गर्न पनि संगठनको माग छ। स्थानीय तहमा ट्रेड युनियन राख्न नपाउने कानुन सच्याउन संगठनले माग गरेको छ। 



More News



पर्वत प्रहरिको सवारी साधन चेक जाँचमा तिव्रता

Posted: 2018-10-16 10:04:54

सुनाखरी न्युज/ पर्वत - पर्वत प्रहरिले सवारी चेकजाँच तिव्रता दिएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा जिल्ला भित्रने र वाहिरिने सार्वजनिक सवारी साधनहरुमा कायम भएको भाडादर भन्दा वढी भाडा असुल्ने, क्षमता भन्दा वढी यात्रु राख्ने तथा सवारी ऐन विपरित ...


फूलपातीदेखि एकादशी सम्म राजधानीको फोहोर नउठाइने

Posted: 2018-10-15 09:49:35

सुनाखरी न्युज/ काठमाडौं - सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...


बिजया दशमीका दिन सेनाले उपत्यकामा निःशुल्क बस सञ्चालन गर्ने, यी रुटमा चल्छन् सेनाका बस

Posted: 2018-10-15 09:34:48

सुनाखरी न्युज/ काठमाडौं - नेपाली सेनाले दशैंको टीकाका दिन निशुल्क बस सञ्चालन गर्ने भएको छ। सेनाले काठमाडौँ उपत्यकाका आठवटा रुटमा सञ्चालन हुने गरि बिहान सातदेखि दिउँसो ३ बजेसम्म बस सञ्चालनमा ल्याउन थालेको हो। ...


यसरी सिमाइन्छ खाद्यान्नमा अखाद्य वस्तु, कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले ?

Posted: 2018-10-14 07:06:41

सुनाखरी न्युज/ काठमाडौं -व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।


दशैं बिदालाई यसरी उपयोग गर्न सकिन्छ

Posted: 2018-10-13 07:11:52

सुनाखरी न्युज/ काठमाडौं- दशैं आयो । दशैँमा थुप्रै दिन बिदा हुन्छ, कसैलाई त घटस्थापनादेखि तिहारसम्मै एक एक महिना । बिदाको समय दशैंको नित्य कर्म पूजापाठ र टीकाबाहेकका समय ब्यतित गर्न गाह्रो हुन सक्छ । यहाँ समयलाई दिक्क नलाग्ने गरी कसरी बिताउने भन्ने बिषयमा छलफल गरिन्छ । सबैजानाले एउटै कुरा वा एकै जनाले उल्लेखित सबैकुरा गर्नुपर्छ भन्ने छैन, एकजनाले कम्तिमा कुनै एक कुरा गरे काफी हुन्छ ।...


Advertisements