समाचार

प्रदेश ४ को बजेटमाथि कांग्रेस–नयाँ शक्तिद्वारा आपत्ति जनाउँदै संसद अवरोध

Posted: 2018-05-05 10:15:00

 
 
सुनाखरी न्युज/
पोखरा-
प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् ।
 
बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।
 
 
 
 
बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।
 
प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए ।
 
सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’
 
दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।
 
संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
 
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।
 
भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’
 
बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।
 
बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्य्विधिअनुसार खर्च हुन्छ ।’
 
छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।
 
प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।
 
सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’



More News



आर्थिक अनुशासन कायमगर्न सरकारको ध्यानाकर्षण

Posted: 2018-06-30 07:06:26

निलु अधिकारी/ काठमाडौं- मुलुकमा आर्थिक एवं वत्तिय अनुशासनहीनता बढेकोभन्दै त्यसमा शुधारगर्न राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपति भण्डारीले मुलुकमा आर्थिक अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आर्थिक अनुशासनहीनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको ध्यानाकर्षण गराएकी हुन् । ...


ट्रायल पास गरेकाले दुई महिनाभित्र लाइसेन्स पाउने...

Posted: 2018-06-28 12:13:02

सुनाखरी न्युज/ काठमाडौं - अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स ९स्मार्टकार्ड० पाउने भएका छन्। यातायात व्यवस्था विभागले दुई महिनाभित्र सबैलाई लाइसेन्स दिनेगरी काम भइरहेको जनाएको छ । हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करिब ३ लाख छ। ९ महिनाअघि नै ट्रायल पास गरेर पनि लाइसेन्स नपाउनेहरु पनि छन । ...


धादिङ केन्द्रविन्दु भएर विहान ९ बजेर ५२ मिनेट मा ५ रेक्टर स्केलको भूकम्प

Posted: 2018-06-28 10:45:01

सुनाखरी न्युज/ काठमाडौं - धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। धादिङ केन्द्रविन्दु भएर विहान ९ बजेर ५२ मिनेट मा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धादिङ सुनौलोबजारदेखि ४ दशमलव ५ किलोमिटरको दूरीमा भूकम्प गएको हो मापन केन्द्रको भनाइ छ। ...


ऐतिहासिक गद्दी बैठक भवनको पुनर्निर्माण सम्पन्न, ११० वर्ष पुरानो गद्दी बैठक पुरानै स्वरुपमा तयार,प्रधानमन्त्री बाट उद्घाटन

Posted: 2018-06-27 15:58:32

सुनाखरी न्युज/ काठमाडौं - २०७२ सालको भूकम्पले क्षतिग्रस्त काठमाडौं बसन्तपुरको ऐतिहासिक गद्दी बैठक भवनको पुनर्निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ वैशाखको भूकम्पले भत्काएपछि पुननिर्माण सम्पन्न भएको हनुमान ढोकास्थित गद्दी बैठक भवनको आज उद्घाटन गरेका छन । प्रधानमन्त्री ओलीले गद्दी बैठक भवनको पुननिर्माण ९रेक्ट्रो फिटिङ का लागि सहयोग गरेकोमा अमेरिकी राजदूतवास मार्फत ...


आजको प्रतिनिधि सभा बैठकमा एघार विभागीय मन्त्रीहरूले जवाफ दिँदै...

Posted: 2018-06-27 11:50:28

सुनाखरी न्युज/ काठमाडौं - प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मन्त्रालय शीर्षकमा विनियोजित बजेटबारे सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनको लागि बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात ...


Advertisements