समाचार

प्रदेश ४ को बजेटमाथि कांग्रेस–नयाँ शक्तिद्वारा आपत्ति जनाउँदै संसद अवरोध

Posted: 2018-05-05 10:15:00

 
 
सुनाखरी न्युज/
पोखरा-
प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् ।
 
बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।
 
 
 
 
बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।
 
प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए ।
 
सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’
 
दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।
 
संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
 
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।
 
भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’
 
बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।
 
बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्य्विधिअनुसार खर्च हुन्छ ।’
 
छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।
 
प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।
 
सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’



More News



आन्तरिक किचलोले कांग्रेसको बैठक नै बसेन

Posted: 2018-09-14 06:00:00

सुनाखरी न्युज/ काठमाडौँ — अनुशासन समिति गठन नहुँदै किचलो भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बोलाईएको बैठक स्थगित भएको छ । अनुशासन, निर्वाचन र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एजेण्डा राखेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक विहान ११ बजेका लागि बोलाएका थिए ।...


मिटरमा जान नमान्ने र बढी भाडा लिने तीन सय ३७ ट्याक्सीलाई कारबाही

Posted: 2018-09-13 12:29:56

सुनाखरी न्युज/ काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियान अन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर ...


साल्ट ट्रेडिङको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुने

Posted: 2018-09-12 15:14:32

सुनाखरी न्युज/ काठमाडौं - साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने ...


एआइजीमा तीन जनाको नाम सिफारिस, यस्तो छ सिफारिस पत्र !

Posted: 2018-09-12 06:28:02

सुनाखरी न्युज/ काठमाडौं– गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ। बढुवा समिति सचिवालयको मंगलबारको बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो। ...


यौनकर्मीलाई परिचय पत्रदिन गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको प्रश्ताव

Posted: 2018-09-11 20:24:29

सुनाखरी न्युज/ पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध यौन धन्दा रोक्न रेडलाइट एरिया र यौनकर्मीलाई परिचय पत्र दिन आवश्यक रहेको बताएका छन । होटल संघ नेपाल र पश्चिमाञ्चल होटल संघले पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशको पर्यटन रणनीति विषयक अन्तक्रियामा बोल्दै यस्तो धारणा राखेका हुन् ।...


Advertisements