समाचार

प्रदेश ४ को बजेटमाथि कांग्रेस–नयाँ शक्तिद्वारा आपत्ति जनाउँदै संसद अवरोध

Posted: 2018-05-05 10:15:00

 
 
सुनाखरी न्युज/
पोखरा-
प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् ।
 
बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।
 
 
 
 
बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।
 
प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए ।
 
सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’
 
दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।
 
संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
 
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।
 
भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’
 
बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।
 
बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्य्विधिअनुसार खर्च हुन्छ ।’
 
छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।
 
प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।
 
सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’



More News



यस्तो छ नेपालको विकास साझेदारको ‘प्रोफाइल’

Posted: 2018-04-02 20:57:27

सुनाखरी न्युज/ काठमाडौं- सरकारले नेपालको विकासमा सहयोग गर्ने अन्तर्रा्ष्ट्रिय साझेदारका ‘प्रोफाइल’ तयार गरेको छ । अर्थ मन्त्रालयले नेपालको विकासमा विगत लामो समयदेखि सहयोग गर्दै आएका द्धिपक्षीय र बहुपक्षीय तथा सम्भाव्य साझेदारसमेतको प्रोफाइल तयार गरेको हो । मन्त्रालयले तयार गरेको उक्त प्रोफाइल पुस्तकमा नेपालका प्रमुख १९ बहुपक्षीय साझेदार, १५ द्धिपक्षीय साझेदार र दुई सम्भाव्य साझेदारको विस्तृत जानकारी समेटिएका छन् ।...


पुनर्निर्माण प्राधिकरणको परामर्श परिषदमा १४ जना सांसद मनोनित

Posted: 2018-04-01 21:06:38

सुनाखरी न्युज/ काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषदको तेस्रो बैठकले परिषदको सदस्यमा भूकम्प प्रभावित १४ जिल्लाका सांसद मनोनित गरेको छ । आइतवार साँझ बसेको परिषदको बैठकले १४ जिल्लाबाट एक–एक जना सांसद गरी परिषदको सदस्यमा मनोनित गरेको हो । ...


’मुलुक आर्थिक समृद्धिको चरणमा’

Posted: 2018-03-31 17:12:56

सुनाखरी न्युज/ काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटै तहको चुनाव सम्पन्न भएसंगै मुलुक आर्थिक स्थिरता र समृद्धिको चरणमा प्रवेश गरेको बताएकी छिन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीवार संसद भवनमा सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले जनताको भावना अनुसार काम गर्न सरकार सफल हुने बताएकी हुन् । ...


जिल्ला न्यायाधीश परीक्षाको अन्तिम नतिजामा 'सबै वकिल फेल', मागभन्दा आधा कम उत्तीर्ण

Posted: 2018-03-29 14:00:56

सुनाखरी न्युज/ काठमाडौँ- न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम अनुसार मागभन्दा आधामात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। कूल ३० जनाको लागि भएको परीक्षामा १६ जनामात्र उत्तीर्ण भएका छन्।...


त्रिभुवन विमानस्थलले प्रतिआना ३३ लाख रुपैयाँ मुआब्जा बाँड्दै, पाँच वर्षदेखिको विवाद टुंगियो

Posted: 2018-03-28 13:31:44

सुनाखरी न्युज/ काठमाडौं- त्रिभुवन विमानस्थल विस्तार आयोजना अन्तर्गत पूर्वतर्फको १४० रोपनी जग्गाको मुआब्जा विवाद सल्टिएको छ। पाँच वर्षदेखि जग्गाको मुआब्जाको विषयमा स्थानीय बासिन्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवाद मंगलबार मिलाइएको हो। त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको विकास, विस्तार तथा उड्डयन सुरक्षा र आसपासका क्षेत्रको सुरक्षालाई समेत मध्यनजर गरि विमानस्थलको पूर्वतर्फ जग्गा अधिग्रहण ...


Advertisements