समाचार

प्रदेश ४ को बजेटमाथि कांग्रेस–नयाँ शक्तिद्वारा आपत्ति जनाउँदै संसद अवरोध

Posted: 2018-05-05 10:15:00

 
 
सुनाखरी न्युज/
पोखरा-
प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् ।
 
बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।
 
 
 
 
बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।
 
प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए ।
 
सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’
 
दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।
 
संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
 
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।
 
भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’
 
बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।
 
बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्य्विधिअनुसार खर्च हुन्छ ।’
 
छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।
 
प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।
 
सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’



More News



जल तथा मौसम पूर्वानुमान शाखाको अपिल, आज पनि पानी पर्न सक्छ सतर्क रहनुस

Posted: 2018-07-03 11:28:43

सुनाखरी न्युज/ काठमाडौँ - आज पनि देशका पूर्वी तथा मध्य भूभागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । वर्षा हुने सम्भावना रहेकाले देशको मध्य र पूर्वी भागका नागरिकलाई सतर्क रहन शाखाले अपिल गरेको छ । ...


विद्यार्थी संगठनहरूको तीन दिने शैक्षिक आमहड्ताल फिर्ता

Posted: 2018-07-03 10:21:18

सुनाखरी न्युज/ काठमाडौँ - अखिल क्रान्तिकारीसहितका साना नौ विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक आमहड्ताल फिर्ता भएको छ ।सिंहदरबारमा सोमबार मध्यरातिसम्म भएको वार्तामा सहमति भएपछि ९ बुँदे सहमति भएपछि शैक्षिक आमहड्ताल फिर्ता भएको हो । नेत्रविक्रम ...


देशैभरी बाढी–पहिरोको प्रकोप, ११ को मृत्यु, एक बेपत्ता, हजार घर डुबानमा, उद्धार फितलो

Posted: 2018-07-03 07:44:01

सुनाखरी न्युज/ काठमाडौँ — देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । नेपालगन्ज(गुलरिया सडकको खजुरास्थित पेडारी नालाले बगाउँदै गरेको चालकसहितको मोटरसाइकल । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ।...


देशभर वर्षा, घर भत्किँदा ४ जनाको मृत्यु

Posted: 2018-07-02 13:58:46

सुनाखरी न्युज/ काठमाडौं - आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण ४ जनाको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ५ सैवाङ गाउँमा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ भने कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा १ जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया ...


कोही अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोकिँदैन : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ

Posted: 2018-07-01 10:45:54

सुनाखरी न्युज/ काठमाडौं - कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कोही अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने बताएका छन । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले मेडिकल कलेज कहाँ आवश्यक छ र कहाँ खोल्ने भन्ने निर्णय सरकारले गर्ने हो, जनता र विद्यार्थीलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्ने हो, संसदले ऐन बनाउने हो, कोही व्यक्ति प्ले–कार्ड लिएर ...


Advertisements