समाचार

प्रदेश ४ को बजेटमाथि कांग्रेस–नयाँ शक्तिद्वारा आपत्ति जनाउँदै संसद अवरोध

Posted: 2018-05-05 10:15:00

 
 
सुनाखरी न्युज/
पोखरा-
प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् ।
 
बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।
 
 
 
 
बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।
 
प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए ।
 
सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’
 
दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।
 
संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
 
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।
 
भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’
 
बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।
 
बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्य्विधिअनुसार खर्च हुन्छ ।’
 
छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।
 
प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।
 
सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’



More News



शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्न पक्राउ

Posted: 2018-07-13 10:41:18

सुनाखरी न्युज/ कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका ...


किन जान्छ लगातार पहिरो नारायणगढ–मुग्लिन सडकमा ? कसरी हुँदैछ नियन्त्रण ?

Posted: 2018-07-12 07:19:20

सुनाखरी न्युज/ चितवन– नारायणगढ–मुग्लिन सडक आयोजनाको हालसम्म कार्य प्रगति हेर्ने हो भने, ९५ प्रतिशतमाथि काम सकिएको छ। खण्ड ३ को साढे ४ किलोमिटर सडकमा तेस्रो चरणको कालोपत्रे गर्ने काम पनि सकिएको छ। अब बाँकि ७ दशमलब ६१ किलोमिटर सडक कालोपत्रे भएपछि आयोजनाको पूरै सडकमा तीनै तहको कालोपत्रेको काम पूरा हुनेछ।...


किन बनेन धरहरा

Posted: 2018-07-11 10:29:10

सुनाखरी न्युज/ काठमाडौं- २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो।...


चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहार स्वरुप प्रदान

Posted: 2018-07-10 10:45:33

सुनाखरी न्युज/ चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांक अनुसार ...


बीमा कम्पनीहरुलाई ‘फोर्सफुल मर्जर’ मा लैजाने तयारी, ६ महिनापछि पूँजी नपुर्याउने र एकै समूहका कम्पनी निसानामा

Posted: 2018-07-10 07:25:51

सुनाखरी न्युज / काठमाडौं- बीमा समितिले चुक्ता पूँजी नपुर्याउने कम्पनीहरुलाई ’फोर्स मर्जर’ मा लैजाने भएको छ। एकाघर वा समूहको स्वामित्वमा रहेका कम्पनीहरुलाई पहिलो चरणमा फोर्स मर्जरमा लैजाने योजना समितिको हो। ’चुक्ता पूँजी बृद्धिको कोर्ष पुरा हुने वित्तिकै हामी फोर्सफुल मर्जरमा जान्छौं’ समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भने, ’मर्जरका लागि हामी धेरै लामो समय दिने पक्षमा छैनौं।’...


Advertisements