समाचार

प्रदेश ४ को बजेटमाथि कांग्रेस–नयाँ शक्तिद्वारा आपत्ति जनाउँदै संसद अवरोध

Posted: 2018-05-05 10:15:00

 
 
सुनाखरी न्युज/
पोखरा-
प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका छन् ।
 
बजेट प्रदेशको विकासका लागि नभएर कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध पारेका हुन् ।
 
 
 
 
बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको छ ।
 
प्रतिपक्षी दुई पार्टीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले कारणबारे जानकारी गराउन कांग्रेस सांसद् कुमार खड्कालाई समय दिएका थिए ।
 
सार्वजनिक लेखा समितिका संयोजकसमेत रहेका खड्काले सरकारले ल्याएको बजेट चित्तबुझ्दो नभएको भन्दै संसद चल्न नदिने बताए । प्रतिपक्षी दलको आरोप थियो, ‘सरकाले भ्रष्टाचार र कार्यकर्ता पोस्ने गरी बजेट ल्यायो ।’
 
दुई दिन छलफल गरेर शुक्रबार पारित गर्ने कार्यसूची तयार भएर बैठक सुरु हुनेबित्तिकै कांग्रेसको अवरोधपछि सभाुमख अधिकारीले आइतबारसम्मका लागि बैठक स्थगित गरे । एक्कासि कांग्रेसले संसद् अवरुद्ध गराएपछि बजेट पारित गर्न पुगेका सत्तापक्षका सांसद् आश्चर्यमा परेका थिए ।
 
संसदमा कांग्रेसको कालो धब्बाः अर्थमन्त्री
 
संसद् अबरुद्ध गरेर नेपाली कांग्रेसले संसदमा कालो धब्बा लगाएको प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।संसदीय अभ्यासविपरीतसंसद् अबरुद्ध गराएर कांग्रेसले कालो धब्बा लगाएको गुरुङको आरोप छ ।
 
भ्रष्टाचार बढाउने र कार्यकर्ता पोस्ने गरी सरकारले बजेट ल्याएको भन्दै प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेपछि अर्थमन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । बजेट शीर्षकमा बढी खर्च राखे पनि खर्च कटौती प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्थालाई कांग्रेसले कुल्चेको गुरुङले बताए । ‘प्रतिपक्षका सांसदले कल्पनै नगरेको, सोच्दै नसोचेको काम गर्नुभयो,’ अर्थमन्त्री गुरुङले भने, ‘यो जति भत्सना गरे पनि पुग्दैन । यो त उहाँहरुले संसदमा लगाउनुभएको कालो धब्बा हो ।’
 
बिना जानकारी छापामार शैलीमा कांग्रेसले संसदीय अभ्यासविपरीत संसद् अवरुद्ध गरेर केटाकेटीपना देखाएको गुरुङले बताए । ‘कार्यव्यवस्था समितिको छलफलमा साझा एजेन्डा तयार पारी संसदमा कुनै जानकारी नै नगराई कांग्रेसले संसद चल्न नदिएर विरोधका लागि विरोध गरेको गुरुङको भनाइ छ ।
 
बजेट कनिका छरेजस्तो नभइ बिऊ छरिएको अर्थमन्त्री गुरुङले बताए । ‘कांग्रेले बजेटलाई कनिका छरेजस्तो भनेर विरोध गरिरहेको छ । यो त कनिका छरेको होइन, बिऊ छरिएको हो, हामीले उमार्नु पर्छ,’ उनले भने, ‘बजेट भनेको चोकमा ल्याएर सन्दुकमा ताला लगाएर राख्ने होइन, खर्च गर्ने हो । विधि, नियम, कार्य्विधिअनुसार खर्च हुन्छ ।’
 
छोटो समयका लागि आएको बजेट खर्च गर्न भ्रष्टचार र कार्यकर्ता पोस्न नभइ विधिअनुसार नै काम गर्न ल्याएको उनले बताए । विधिनियम बिपरीत एक रुपैयाँ पनि खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।
 
प्रदेश सभाभित्र गाडी पार्किङ गर्न सेड बनाउन, पुरानो भवन मर्मत गर्न, संसदीय सचिवालयका लागि गाडी किन्ने लगायतका विषयमा बढी रकम राखेको कांग्रेसले लगाएको आरोप गलत भएको उनको भनाइ थियो । कांग्रेसले बिरोध गरेको न्यायिक समितिको छलफल र कानुन तर्जुमा लागि पनि अनाश्यक नभई उपयुक्त बजेट व्यवस्था गरिएको उनले बताए ।
 
सरकारका प्रवक्रा रामशरण बस्नेतले प्रतिपक्ष दलले बेइमानी र अर्थहीन काम गरेको बताए । ‘संसदीय व्यवस्थालाई खिल्ली उडाउँदै सबै झुक्याएर संसदमा बचपना देखाइयो,’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘छलफलका लागि कार्यव्यवस्था समिति हुँदाहुँदै सभामुखलाई समेत जानकारी नदिइ एक्कासि संसद् अबरुद्ध गर्दा सरकारमात्रै होइन उहाँहरु आफैंलाई असर पर्ने काम गर्नुभयो ।’



More News



आज विश्व श्रमिक दिवस-मजदुरको न्यूनतम ज्याला बढाउने प्रधानमन्त्रीको योजना

Posted: 2018-05-01 10:08:43

सुनाखरी न्युज/ काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै न्युनतम ज्याला बढाउने योजना रहेको जानकारी दिएका हुन् ।...


वर्खा लागेकै हो त ? वैशाखमै मुसलधारे पानी किन? के भन्छन् त मौसमविद् ?

Posted: 2018-04-30 14:50:21

सुनाखरी न्युज/ काठमाडौं - सामान्यत चैत बैशाखको महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो। तर केही दिनयता अघिल्लो बर्षको तुलनामा केही दिन यता बढी नै बर्षा भएको छ। जसले गर्दा बेमौसमीरुपमा मनसुन लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ। समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षात् पनि भएको मौसमविद्ले बताएका छन्।...


ठगी धन्दामा एनसेलका सिम प्रयोग, भाइबर र फेसबुकबाट चिठ्ठा परेको भन्दै लाखौं ठगी

Posted: 2018-04-30 14:15:57

सुनाखरी न्युज/ काठमाडौं- पछिल्लो समयमा तपाइँलाई यति रकमको चिट्टा परेको छ भन्दै फोनगर्नेहरुको विगविगी छ । यसमा खासगरी एनसेलको सिम प्रयोगगर्ने गरिएको प्रहरीको अनुषन्धानले देखएको छ । ऐनसेलको सिमलिन सजिलो हुने रत्यसको सर्भरपनि नेपालमा नहुने भएकोले ठगीकालागि एनसेलको सिम सुरक्षित मानिन्छ । कुनै अप्यारो परिहाले त्यसलाइृ एनसेलले नै मिलाइदिने भएकोलेपनि ठगहरु एनसेलकै सिमप्रति बढीआकर्षित हुने गरेका छन् । ...


आज वुद्ध जयन्ति, बौद्धदर्शनः दुःख मुक्तिको मार्ग

Posted: 2018-04-30 10:12:11

सुनाखरी न्युज/ काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । ...


संघीय नेपालको प्रभाव गाउँमा, सदरमुकामा रौनक घट्यो

Posted: 2018-04-29 11:19:10

सुनाखरी न्युज/ बेनी-सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ । संघीयताको कार्यान्वयसँगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा चहलपहल घट्दै गएको छ । ...


Advertisements