समाचार

वान टू वान वार्ता नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने लगभग पक्का

Posted: 2018-04-17 13:59:03

 
 
सुनाखरी न्युज 
 
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए । श्रेष्ठका अनुसार विवादित विषय टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिइएको छ ।
एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने लगभग पक्का भएको छ । दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब  दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने भइको छ’, उनले भने । 
 
 एमाले महासचिव इश्वर पोखरेलले  एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा  कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम  नेतृत्व र सक्षम पार्टी बनाइने बताए । उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएको दाबी गर्दै विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए । 
 
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए। नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । 
 



More News



यस बर्ष टिकाको साइत बिहान ९ : ५१ मा उत्तम

Posted: 2018-09-23 09:35:24

सुनाखरी न्युज/ काठमाडौँ - यस बर्षको दशैंमा टिका लगाउने साइत बिहान ९ बजेर ५१ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको निष्कर्ष ...


शताब्दीपुरुष राष्ट्रकवि घिमिरेको शतायु उत्सवः आयुमा जीवन थप्छन् कविवर

Posted: 2018-09-22 14:20:40

सुनाखरी न्युज/ काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गते सय वर्षमा प्रवेश गर्दैछन् । ‘हामी ७० वर्ष बाँचे पनि हुन्छ, सय वर्ष बाँचे पनि हुन्छ’, हामीले समाजका लागि बाँच्नु पर्नेमा उनले जोड दिए, ‘हामी जिउँदो भएर बाँच्नु पर्छ । समाजका लागि बाँच्नु पर्छ।’ हिन्दुग्रन्थ वेदले पनि मान्छेको आयु सय वर्ष मानेको छ । शताब्दीपुरुष घिमिरेको अनुहारमा कान्ती छाएको देख्यौं हामीले ।...


प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

Posted: 2018-09-22 06:44:48

सुनाखरी न्युज/ काठमाडौँ -सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । ...


इन्धन वितरणमा तोकियो कोटा, कसले कति पाउने (हेर्नुस्)

Posted: 2018-09-21 14:27:30

सुनाखरी न्युज/ काठमाडौँ - इन्धनको अभाव हुने देखिएपछि सरकारले विक्री वितरणका लागि कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोनमा उत्रिएपछि इन्धन ढुवानीमा समस्या भएको छ । आपूर्ति असहजताको कारण देखाउँदै ...


काठमाडौमा पेट्रोलियम पदार्थ अभाव, घण्टौँ लाइन

Posted: 2018-09-21 09:18:13

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव देखिएको छ । मंगलवार देखि ट्याङ्क सञ्चालनमा नआएपछि बिहीवार त्यसको असर ...


Advertisements