समाचार

४० लाखको सुन लगाएर बेहुला भोजमा पुगेपछि सबैजना तीनछक परे

Posted: 2018-04-16 19:28:14

 
 
 
सुनाखरी न्युज 
 
 पाकिस्तानमा चाहिँ बेहुली हैन बेहुलाले झण्डै ४० लाख रुपैयाँ बराबरको सुन लगाएर  बिहेको रिसेप्सनमा पुगेपछि सबै तीनछक परेर हेरे हेरे भएछन् । सुनले छाइएका ती बेहुलाको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।
 
लाहोर सहरको घटना हो यो । त्यहाँ एकजना बेहुला सुनले सजिएका सूट लगाएर आफ्नो बिहे भोजमा सामेल भए । उक्त सूटको मूल्य निकै धेरै थियो किनकि त्यसमा क्रिस्टल समेत लगाइएको थियो । ती बेहुलाले टाई पनि सुनको लगाएका थिए । सुनको टाई दश तोला सुनबाट बनेको थियो ।
 
त्यतिमात्र होइन, ती बेहुलाले जुत्ता पनि सुनकै लगाएका थिए । उनले लगाएका जुत्ता ३२ तोला सुनले बनेका थिए । समाचार अनुसार ती बेहुलाको नाम हाफिज सलान शाहिद हो । उनी एक व्यवसायी हुन् ।



More News



एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु

Posted: 2018-09-24 09:43:07

सुनाखरी न्युज/ काठमाडौँ - रौतहटको चन्दनिगहापुरमा एसिड आक्रमणमा परेकी १८ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ। चन्द्रपुर ६ कि १८ वर्षीया सम्झना दासको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको हो। ...


यस बर्ष टिकाको साइत बिहान ९ : ५१ मा उत्तम

Posted: 2018-09-23 09:35:24

सुनाखरी न्युज/ काठमाडौँ - यस बर्षको दशैंमा टिका लगाउने साइत बिहान ९ बजेर ५१ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको निष्कर्ष ...


शताब्दीपुरुष राष्ट्रकवि घिमिरेको शतायु उत्सवः आयुमा जीवन थप्छन् कविवर

Posted: 2018-09-22 14:20:40

सुनाखरी न्युज/ काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गते सय वर्षमा प्रवेश गर्दैछन् । ‘हामी ७० वर्ष बाँचे पनि हुन्छ, सय वर्ष बाँचे पनि हुन्छ’, हामीले समाजका लागि बाँच्नु पर्नेमा उनले जोड दिए, ‘हामी जिउँदो भएर बाँच्नु पर्छ । समाजका लागि बाँच्नु पर्छ।’ हिन्दुग्रन्थ वेदले पनि मान्छेको आयु सय वर्ष मानेको छ । शताब्दीपुरुष घिमिरेको अनुहारमा कान्ती छाएको देख्यौं हामीले ।...


प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

Posted: 2018-09-22 06:44:48

सुनाखरी न्युज/ काठमाडौँ -सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । ...


इन्धन वितरणमा तोकियो कोटा, कसले कति पाउने (हेर्नुस्)

Posted: 2018-09-21 14:27:30

सुनाखरी न्युज/ काठमाडौँ - इन्धनको अभाव हुने देखिएपछि सरकारले विक्री वितरणका लागि कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोनमा उत्रिएपछि इन्धन ढुवानीमा समस्या भएको छ । आपूर्ति असहजताको कारण देखाउँदै ...


Advertisements