समाचार

पुटिनले दिए अमेरिकालाई चेतावनी सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ

Posted: 2018-04-16 19:07:34

 
 
 
सुनाखरी न्युज 
 
रुसी राष्ट्रपति भ्लादिमिर नले अमेरिकालाई चेतावनी दिएका छन, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’ डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए । रुसले यसको विरोध गर्दै आएको छ ।
 
राष्ट्रपति पुटिनले अर्को कारबाही नगर्न चेतावनी दिएका छन् । रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् कि यदि राष्ट्रसंघको चार्टरको उल्लंघन गरेर यस्ता कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्रा्ष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति आउन सक्छ ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारसँग जोडिएका रुसी कम्पनीहरुविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने बताएकी छन् । अमेरिकाको आरोप छ कि सिरिया सरकारको कथित रासायनिक आक्रमणमा रुसी सहयोग छ ।यसको जवाफमा रुसको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशकले भने रुस यो प्रतिबन्धका लागि तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सीका अनुसार उनले भनेका छन्, ‘प्रतिबन्धले हामीलाई समस्या पैदा गर्न सक्छ । तर, हामीलाई भन्दा धेरै अमेरिका र युरोपलाई हानी पुर्‍याउँछ ।’
 
पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोन वार्ता भएको पनि कार्यालयले जनाएको छ । दुबै नेताले शनिबार भएको आक्रमणले सिरियामा जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासमा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।
 
 
 



More News



मन्त्रिपरिषद बैठकः राष्ट्रिय योजना आयोगको उपध्यक्षमा पुष्प कँडेल नियुक्त

Posted: 2018-04-25 15:26:09

सुनाखरी न्युज/ काठमाडौँ — मंगलबारको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको अध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।...


स्वार्थै स्वार्थको भूमरिमा एफएनसीसीआई, वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बनाउन विधान संशोधनको तयारी

Posted: 2018-04-23 13:54:33

सुनाखरी न्युज/ काठमाडौं- सरकारसँग सधै नीतिगत स्थिरताको माग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ आफै अस्थिर बाटोमा हिड्न थालेको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघ ‘एक पात्र’को गोटी बन्दा अस्थिर बनेको हो।ती एक पात्र हुन महासंघकै पूर्व अध्यक्ष चण्डीराज ढकाल।ढकाल त्यस्ता गोटी हुन जसलाई महासंघको विरासत बोकाएर हिडाउन सबै व्यवसायी तयार छन्।...


मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा पाइप

Posted: 2018-04-20 20:23:55

सुनाखरी न्युज/ काठमाडौँ — मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किलोमिटर (किमि) सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमि सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ । डेढ महिनामा ७२० किमिमै पाइप बिच्छ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। ...


मुख्यमन्त्रीका छोरी सरकारी विद्यालयमा

Posted: 2018-04-19 11:22:58

सुनाखरी न्युज/ धनगढी – हुनेखाने, टाठावाटा र आर्थिक हैसियत भएकाहरुले सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहाने अबश्था रहेको वेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेका छन्।...


विदेशी जेलमा रहेकाको कानुनी प्रतिरक्षा सरकारले गर्ने

Posted: 2018-04-16 21:50:17

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले मापदण्ड बनाएर विदेशी जेलमा रहेका नेपाली कामदारको कानुनी प्रतिरक्षा गर्ने निर्णय गरेको छ । श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले नेपाली दूतावासमार्फत प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।


Advertisements