समाचार

काठमाडौंमा युवतीको विभत्स हत्या

Posted: 2018-04-16 16:04:59

 
 सुनाखरी न्युज/
काठमाडौं- काठमाडौंको टोखा नगरपालिकामा एक युवतीको विभत्स हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
हत्या गरिएकी युवतीको टाउको गम्भीर चोट लागेको र उनी अर्धनग्न रहेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका रहेको प्रहरीले जानकारी दिएको छ । गएराति टोखा ७  बसुन्धरामा कच्ची सडकको छेउमा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
 
उनका अनुसार युवतीलाई धारिलो हतियारले हानेर हत्या गरिएको छ । हत्यामा संलग्न रहेको आशंकामा अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको छ ।
 
मृत्यु भएकी युवतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार मृत्यु भएकी युवती करिब २६, २७ वर्षकी रहेकी छन् ।
 



More News



मन्त्रिपरिषद बैठकः राष्ट्रिय योजना आयोगको उपध्यक्षमा पुष्प कँडेल नियुक्त

Posted: 2018-04-25 15:26:09

सुनाखरी न्युज/ काठमाडौँ — मंगलबारको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको अध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।...


स्वार्थै स्वार्थको भूमरिमा एफएनसीसीआई, वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बनाउन विधान संशोधनको तयारी

Posted: 2018-04-23 13:54:33

सुनाखरी न्युज/ काठमाडौं- सरकारसँग सधै नीतिगत स्थिरताको माग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ आफै अस्थिर बाटोमा हिड्न थालेको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघ ‘एक पात्र’को गोटी बन्दा अस्थिर बनेको हो।ती एक पात्र हुन महासंघकै पूर्व अध्यक्ष चण्डीराज ढकाल।ढकाल त्यस्ता गोटी हुन जसलाई महासंघको विरासत बोकाएर हिडाउन सबै व्यवसायी तयार छन्।...


मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा पाइप

Posted: 2018-04-20 20:23:55

सुनाखरी न्युज/ काठमाडौँ — मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किलोमिटर (किमि) सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमि सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ । डेढ महिनामा ७२० किमिमै पाइप बिच्छ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। ...


मुख्यमन्त्रीका छोरी सरकारी विद्यालयमा

Posted: 2018-04-19 11:22:58

सुनाखरी न्युज/ धनगढी – हुनेखाने, टाठावाटा र आर्थिक हैसियत भएकाहरुले सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहाने अबश्था रहेको वेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेका छन्।...


विदेशी जेलमा रहेकाको कानुनी प्रतिरक्षा सरकारले गर्ने

Posted: 2018-04-16 21:50:17

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले मापदण्ड बनाएर विदेशी जेलमा रहेका नेपाली कामदारको कानुनी प्रतिरक्षा गर्ने निर्णय गरेको छ । श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले नेपाली दूतावासमार्फत प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।


Advertisements