समाचार

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

Posted: 2018-04-15 10:38:05

 
सुनाखरी न्युज/
काठमाडौँ-
खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ ।
 
विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरेको बताउनुभयो । 
 
जसमा खानी खोजतलासको प्रमाणपत्र प्रदान ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १६८, खानी उत्खनन प्रमाणपत्र प्रदान १२ र खानी उत्खनन प्रमाणपत्र नवीकरण ७६ कम्पनी रहेका छन् । 
 
यस्तै विभागले चालू वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत रु ९३ करोड ५५ लाख ६१ हजार ७६८ राजश्व संकलनसमेत गरेको छ । 
 
नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन सम्पन्न, फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न, ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलङ कार्य भइरहेको, ५० सञ्चालित खानीको अनुगमन भइरहेको, खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले जनाएको छ । 
 
यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइरहेको छ । 
रासस



More News



जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted: 2018-12-10 14:37:02

सुनाखरी न्युज/ भक्तपुर - सुर्यविनायक नगरपालिका ८ जगाती बस्ने सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्य्विनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० ...


नवजात शिशु हत्याको अभियोगमा पक्राउ

Posted: 2018-12-10 10:00:17

सुनाखरी न्युज/ संखुवासभा - अवैध गर्भधारण बाट जन्मेको नवजात शिशु हत्या गरेको अभियोगमा खाँदबारी नगरपालिका ६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ...


भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै

Posted: 2018-12-09 10:40:19

सुनाखरी न्युज/ काठमाडौ - भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।...


जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सव शुरु

Posted: 2018-12-07 13:59:15

सुनाखरी न्युज/ काठमाडौ - रामजानकी विवाह पञ्चमी महोत्सव आज देखि जनकपुरमा शुरु भएको छ । राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष ...


१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted: 2018-12-06 14:22:13

सुनाखरी न्युज/ ललितपुर - ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय ...


Advertisements