समाचार

मन्त्रिपरिषद बैठकः राष्ट्रिय योजना आयोगको उपध्यक्षमा पुष्प कँडेल नियुक्त

Posted: 2018-04-25 15:26:09

 
सुनाखरी न्युज/
काठमाडौँ — मंगलबारको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको अध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
 
 
 
एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
 
कँडेल व्यवस्थापनका प्राध्यापक हुन् । उनले ३० बर्षभन्दा लामो समय अध्यापन गराएका छन् । उनी एमालेको केन्द्रिय लेखा आयोगका संयोजक पनि हुन् ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार बैठकले आयोगको रिक्त रहेको सदस्यमा कृष्णप्रसाद ओली, दिलबहादुर गुरुङ, उषा झा, मीनबहादुर शाही, सुशील भट्ट, र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको छ । 
 
यस्तै बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिहरुको वैदेशीक भ्रमण निर्दे्शिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पठाउने समेत निर्णय गरेको छ। त्यसै गरी सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले जानकारी दिएका छन्।



More News



मन्त्रिपरिषद बैठकः राष्ट्रिय योजना आयोगको उपध्यक्षमा पुष्प कँडेल नियुक्त

Posted: 2018-04-25 15:26:09

सुनाखरी न्युज/ काठमाडौँ — मंगलबारको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको अध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।...


स्वार्थै स्वार्थको भूमरिमा एफएनसीसीआई, वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बनाउन विधान संशोधनको तयारी

Posted: 2018-04-23 13:54:33

सुनाखरी न्युज/ काठमाडौं- सरकारसँग सधै नीतिगत स्थिरताको माग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ आफै अस्थिर बाटोमा हिड्न थालेको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था महासंघ ‘एक पात्र’को गोटी बन्दा अस्थिर बनेको हो।ती एक पात्र हुन महासंघकै पूर्व अध्यक्ष चण्डीराज ढकाल।ढकाल त्यस्ता गोटी हुन जसलाई महासंघको विरासत बोकाएर हिडाउन सबै व्यवसायी तयार छन्।...


मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा पाइप

Posted: 2018-04-20 20:23:55

सुनाखरी न्युज/ काठमाडौँ — मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किलोमिटर (किमि) सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमि सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ । डेढ महिनामा ७२० किमिमै पाइप बिच्छ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। ...


मुख्यमन्त्रीका छोरी सरकारी विद्यालयमा

Posted: 2018-04-19 11:22:58

सुनाखरी न्युज/ धनगढी – हुनेखाने, टाठावाटा र आर्थिक हैसियत भएकाहरुले सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहाने अबश्था रहेको वेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेका छन्।...


विदेशी जेलमा रहेकाको कानुनी प्रतिरक्षा सरकारले गर्ने

Posted: 2018-04-16 21:50:17

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले मापदण्ड बनाएर विदेशी जेलमा रहेका नेपाली कामदारको कानुनी प्रतिरक्षा गर्ने निर्णय गरेको छ । श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले नेपाली दूतावासमार्फत प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।


Advertisements