२०७७ जेठ २२ , बिहिवार

सुरक्षा–अपराध

banke-accident

बाँकेमा गाडी दुर्घटना: १२ जनाको मृत्यु, २१ घाइते

सुनाखरी न्युज/ नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिकामा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान आइतबार राति भएको ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए ।....

Hospital#

नेपालमा कोरोना संक्रमतिको संख्या १५७६ पुग्यो, कालीमाटीका २३१ प्रहरीकै कोरोना नेगेटिभ भएप्छि सबै ड्युटीमा फर्किए

सुनाखरी न्युज/काठमाडौं- नेपालमा कोरोना संक्रमतिको संख्या १३४९ पुगेको छ । आइतबार आयषेजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी गराएका हुन् । यसैवीच महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २३१ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पर्कमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन....

NepalArmy female

सेना परिचालन गर्ने सरकारको निर्णय

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।....

cabinet meeting

लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल र सिमानाकाअसार १६ सम्म बन्द

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जेठ ३२ गतेसम्म  लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस्तै विदेशमा अलपत्र रहेका....

arrest

एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

सुनाखरी न्युज/भक्तपुर - मध्यपुर ठिमी नगरपालिका ६ बाहखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका ६ नगदेश बस्ने २१ बर्षीय सचिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।....

Arrest pic

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/भक्तपुर - जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका ८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका ४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १ गते राति डेरामा गई जबरजस्ती करणी गरेको घटनामा संलग्न रही फरार भएका उनलाई....

Nepal Army#

भारतीय सञ्चारमाध्यममा आएका खबरप्रति नेपाली सेनाको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं - नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ । मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 May 2020) www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित 'In huge setback to PM Oli, Nepal's new political map hits a roadblock 'शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 May 2020) tfipost.com मा....

Budjet Khatiweada#

कोरोना : अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती

सुनाखरी न्युज/ काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा। युवराज खतिवडाले ती कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता,....

NepalArmy female

सुरक्षाकर्मीको पोषाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने

सुनाखरी न्युज/ काठमाडौं- सुरक्षाकर्मीको पोषाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने भएको छ । संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो बताएका हुन् ।....

arrest

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ सर्लाही - आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका ५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल....