२०७७ जेठ १६ , शुक्रवार

सुरक्षा–अपराध

Budjet Khatiweada#

कोरोना : अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती

सुनाखरी न्युज/ काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा। युवराज खतिवडाले ती कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता,....

NepalArmy female

सुरक्षाकर्मीको पोषाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने

सुनाखरी न्युज/ काठमाडौं- सुरक्षाकर्मीको पोषाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने भएको छ । संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो बताएका हुन् ।....

arrest

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ सर्लाही - आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका ५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल....

Nepal police

करिब ११ लाख रुपैयाँ बराबरको मदिरा बरामद

सुनाखरी न्युज/धनुषा - जनकपुर उपमहानगरपालिका ४ माछाबजारस्थित महेश्वर मण्डलको घरको गोदाममा राख्न लागेको अवस्थामा बुधबार राति प्रहरीले करिब ११ लाख रुपैयाँ बराबरको दिलवाले नामक सौफी मदिरा बरामद गरेको छ । ना २ ख ८२७९ नम्बरको ट्रकमा लुकाइ छिपाई ल्याई गोदाममा राख्न उक्त मदिरा झार्दै....

1

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीमको दिक्षान्त

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १३ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जेठ १३ गते सोही प्रतिष्ठानमा आयोजित तालिमको दिक्षान्त कवाजमा उक्त तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडा....

Capture

गृहले बनायो रूकुम पश्चिम घटनाबारे छानबिन गर्न समिति

सुनाखरी न्युज/ काठमाडौं - रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनामा सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रियसभा संसदमा घटनाबारे....

2020-05-25_BK-Bhai–

दलित भएर ठूलो जातको केटी भगाउने भन्दै युवकको हत्या

सुनाखरी न्युज/ काठमाडौं - भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको अवस्था वैशाखसम्म ठीकै थियो । पति मोहनलाल नेपाली ढाडका बिरामी छन् । पुर्ख्यौली काम गर्दा–गर्दै ढाड सड्काएका मोहनलाल मेलापात त परै जाओस्, हिँडडुलसमेत गर्न सक्दैनन् । मेलापात, भारोपर्मदेखि छोराछोरीलाई बाटो देखाउनेसम्मको दायित्व उनै उर्मिलाकै काँधमा आएको छ । तैपनि उर्मिला निराश थिइनन् । तामाका मुनाजस्ता चार छोरोछोरी थिए । उनीहरूको अनुहार हेरेर उनी आफ्नो दुःख बिर्सन्थिन् । र, पतिको स्याहारमा अविराम जुट्थ....

kp-sharma-oli

लकडाउनको मोडल फेर्दै सरकार, प्रधानमन्त्री ओलीको सम्वोधन अनुरुप उद्योग ब्यवसाय खोल्न पहल

सुनाखरी न्युज/ काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडल परिर्वतन हुने संकेत गरेका छन् । सरकारले घोषणा गरेको लकडाउन जेठ २० सम्म छ । महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गर्ने उनले बताएका छन् । सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाउनुका साथै नियन्त्रणको सीमाभित्र रहन सक्ने थप उद्योग सञ्चालनको अनुमति दिइने उनले बताए ।....

Arrest pic

भन्सार छली ल्याएको सामान सहित पक्राउ

सुनाखरी न्युज/ धनुषा - भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित महोत्तरी जलेश्वर नगरपालिका ११ बस्ने ३४ वर्षीय जितेन्द्र कुमार साह समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ज ७ प ४०६१ र ज ६ प ६०९७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको....

shuside hattya

स्वयम्भू वृत्तमा कार्यरत प्रहरी असईद्वारा आफैँलाई गोली हानी आत्महत्या

सुनाखरी न्युज/ काठमाडौँ - महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक असईले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।....