२०७७ जेठ १६ , शुक्रवार

बैकिङ

Banks-and-Financial-Institutions-in-Nepal

३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्न ५० करोड विनियोजन, के हो भूमि बैंक ?

सुनाखरी न्युज/ काठमाडौं- सरकारले संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बै‌क स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेट मा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । त्यसको लागि सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको खतिवडाले बताए ।....

Capture

बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलितपूर्ण कर्जा दिनै पर्ने

सुनाखरी न्युज/ काठमाडौं - सरकारले बैंकका प्रत्येक शाखालाई सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले जानकारी दिए ।....

ADB#

एडीबीद्धारा नेपाललाई ३० अर्बको ऋण स्वीकृत, यस्ता छन् सहयोग खर्च हुने क्षेत्र

सुनाखरी न्युज/ काठमाडौं- एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २५ करोड अमेरिकी डलर करीब ३० अर्ब सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले कोरोना महामारीसँग लड्न तथा आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरण गर्न उक्त सहुलियतपूर्ण ऋण सहयोग अनुमोदन गरेको जनाएको छ ।....

NB Bank

नेपाल बंगलादेश बैँकले दियो कोरोना कोषलाई एक करोड ४५ लाख

सुनाखरी न्युज/ काठमाडौं - नेपाल बंगलादेश बैँकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख दिने निर्णय गरेको छ। सोही निर्णयअनुसार आइतबार नेपाल सरकारको उक्त कोषमा बैंकले एक करोड १० लाख दिइसकेको छ।....

NRB#

राजाको तस्विर अंकित नोटमा विवाद, पुर्ववत् सुचना सच्याउँदै राष्ट्र बैंकले भन्यो, यस्ता नोट चल्छन्

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर कतिपयले गलत व्याख्या गरिदिए। अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने भनी केही अनलाइनले समाचार बनाइदिए। त्यही विषयलाई लिएर राष्ट्र बैंकले सोमबार थप प्रष्ट पार्दै अर्को विज्ञप्ति निकाल्यो। कोभिड १९ का कारण नोट छपाई र ढुवानीमा हुन गएको असहजतालाई मध्यनजर गर्दै प्रयोगमा ल्याउन सकिने अवस्थाका नोटलाई पुनः बजारमा लैजाने उद्देश्यले सफा नोट व्यवस्था सम्वन्धमा बैंक तथा वित्तीय संस्थालाई न....

Machhapurchha Bank

माछापुच्छ«े बैंकको नयाँ “एमबिएल अनलाईन बैंकिङ — नो लाइन बैंकिङ”

सुनाखरी न्युज/ काठमाडौं- माछापुच्छ«े बैंकलेडिजिटल बैंकिंगको क्षेत्रमा फड्को मार्दै  “MBL Online Banking” सेवालाई अपग्रेड गरेको छ । अब “No line Banking”भन्ने नाराका साथ बैंकलेकोभिड १९ महामारीको समयमा अब बैंकिंग सुविधाउपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिंग सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो । यससँगै बैंककाब्यवसायिकतथाब्यक्तिगतदुवै खालकाग्राहकलाई घर वाकार्यालयमै बसी अधिकतम बैकिग सेवाथप सरल र सुरक्षिततवरले उपयोग गर्न सहयोग गर्ने छ ।....

New Note#

अवदेखि नगद कारोबारमा कोरोना कर ! यस्तो छ वैंकरहरुको सुझाव…

सुनाखरी न्युज/ काठमाडौं - डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नगद कारोबारमा कर लगाउन बैंकहरुले सुझाएका छन् । नगद व्यवस्थापनमा ठूलो रकम खर्च भन्दै अगामी आर्थिक वर्षको बजेटमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न नगद कारोबारमा कोरोना कर लगाउन सरकालाई सुझाव दिएको छ । यसैगरी, बैंकर्स संघले ईसीबी र एनआरएनको निक्षेपको निक्षेप ल्याउन ब्‍याजकर नलगाउन सुझाव दिएको छ ।....

King Note#

राजाको तस्बिर भएको नोट पनि प्रयोगमा रोक, अवदेखि राजाको तस्बिर भएको नोट ग्राहकले लिन नपाउने

सुनाखरी न्युज/ काठमाडौं -  राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै आइतबार च्यातिएको, केरमेट भएको नोट चलनचल्तीमा नल्याउन परिपत्र गर्‍यो । सोही व्यवस्थामा राजाको तस्बिर भएको नोट पनि प्रयोगमा रोक लगायो । यस व्यवस्थाले सर्वसाधारणमा आफूसँग भएको नोट चल्ने कि नचल्ने रु भन्ने दुविधा सिर्जना गर्‍यो । राष्ट्र बैंकको परिपत्रमा बैंक तथा वित्तीय संस्थालाई यस्ता नोटलाई पुनः निष्काशनका लागि अयोग्य नोटमा रुपमा वर्गीकरण गरेको छ । यसले जनमानसमा फरक मत सिर्जना गर्‍यो ।....

NBA#

बैंकर्स संघले दियो राष्ट्र बैंकलाई ‘व्याज घटाउनेदेखि ऋणको समय सार्नेसम्म’का सुझाव

सुनाखरी न्युज/ काठमाडौं- नेपाल बैंकर्स संघले ऋणको ब्याज कसरी घटाउने भन्ने विषयलाई समेत समेटेर त्यसको उपाय सहितको सुझाव नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न आर्थिक अबस्थामा ठुलो धक्का लाग्ने भएपछि वित्तीय क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बारे बैंकर्स संघले राष्ट्र बैंक समक्ष केही सुझावहरु अघि सारेको हो ।   संघले लकडाउन खुलेपछि असहज अबस्थानमा रहेका परियोजनाहरुलाई तीन महिनासम्मका लागि ब्याज पुँजीकरण गर्न र तत्पश्चात कायम हुने किस्ता ....

एनएमबि बैंकको विशेष सुविधा सम्पन्न परिष्कृत कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा

सुनाखरी न्युज/ काठमाडौं - विश्व नै लक डाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सहजै गर्न....