२०७७ असार २५ , बिहिवार

ट्रेन्डिङ

Chitwan Medical College#

आफन्तले मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए

सुनाखरी न्युज/ चितवन- उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड ग....

1

नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

सुनाखरी न्युज/ काठमाडौँ - सरकारले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक आइजिपीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।....

2

अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने

काठमाडौँ - अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ। अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई....

thumb

गंगालाल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

सुनाखरी न्युज/ काठमाडौँ - सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्ने भएको छ । केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना....

Bus

मापदण्ड बनाएर सार्वजनिक यातायात चलाउन छलफल

सुनारखी न्युज/ काठमाडौँ - मापदण्ड बनाएर सार्वजनिक यातायात चलाउन छलफल शुरु भएको छ । सार्वजनिक यातायताका साधन बन्द भएको करिब चार महिना हुन लाग्यो । तर पुनः सञ्चालनबारे अन्योल कायमै छ । सरकार मापदण्ड बनाएर यातायातका साधन चलाउने पक्षमा छ । व्यवसायी भने सबै सरोकारवाला निकायसँग छलफल गरेर मात्र चलाउनुपर्नेमा छन् । यसका लागि सोमबारदेखि आन्तरिक छलफल थालेको उनीहरूको भनाइ छ । यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा छलफल सुरु भएको हो । ‘हामीले सरोकारवाला निकायसँग छलफल थालेका छौं,’ म....

PM Office#

मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन एजेण्डा

  सुनाखरी न्युज/ काठमाडौं - मन्त्रिपरिषद बैठक मंगलबार अपरान्ह ४ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बिषयमा छलफल हुन सक्ने बताइएको छ । यस्तै बैठकले केही महत्वपूर्ण नियुक्ती गर्ने भएको छ । यसमध्ये बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद ....

Corona Graph#

उपत्यकाा कोरोनाको जोखिम बढ्दै, एकै दिन थपिए ५४ जना, २ सय ३९ संक्रमित

सुनाखरी न्युज/ काठमाडौँ — काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई....

1

जनताले दिएको म्याण्डेट अनुसार ५ वर्ष कां‌ग्रेस प्रतिपक्षमै : प्रवक्ता शर्मा

सुनाखरी न्युज/ काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा अहिलेको सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र आफ्ना सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कबाजीका बीच....

Home Minister#

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं - गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा रहेको अवस्थामा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।....

1

चिनियाँ राजदूत याङ्छी सक्रियताको चर्चा,राजनीतिकवृत्तमा अर्थपूर्ण

सुनाखरी न्युज/ काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी सक्रिय देखिएकी छन् । यसअघि नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला पनि उनले सक्रियता देखाएकी थिइन् । कतिपयले उनकै सक्रियताका....