२०७७ जेठ १६ , शुक्रवार

खेलकुद

SAFF_Championship_Nepal_v_Afghanistan_2013_(6)

खेलकुदमा बजेट घट्यो स् २ अर्ब ३६ करोड बिनियोजन

सुनाखरी न्युज/ काठमाडौं- सरकारले खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ। आज बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले खेलकुदका पुराना कार्यक्रम निरन्तरता र नवौ राष्ट्रिय खेलकुद लगायतका विषयलाई समेट्दै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।....

la-liga

ला लिगा सुरु गर्न स्पेन सरकारको अनुमति

सुनाखरी न्युज - स्पेनमा जुन महिनाको दोस्रो सातादेखि खेलकुदका गतिविधि सञ्चालन हुने भएका छन्। खेलकुद गतिविधि संचालन भएसंगै जुन ८ बाट ला लिगा सुचारु हुने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जानकारी दिएका हुन् । स्पेनी ला लिगाका अध्यक्ष जेभियर टेवासले सरकारको यस निर्णयबाट अत्यन्तै खुसी रहेको र यो क्लब, खेलाडी, प्रशिक्षक, स्पेनिस स्पोर्ट्स काउन्सिल सिएसडी र एजेन्टहरुको....

3

मास्टर लक्ष्मण वहादुर ऐरको सकृयतामा नेपाललाई तेक्वान्दो खेलमा ऐतिहासिक पदक

सुनाखरी न्युज/ काठमाडौं - नेपाललाई तेक्वान्दो खेलमा ऐतिहासिक पदक प्राप्त भएको छ । प्रथम पटक संचालन भएको "1st Online Daedo Open European Poomsae Championship, Germany (May 4-10, 2020)" र "2020 Online World Poomsae Championship, France (May 10-15, 2020)" अनलाईन प्रतियोगिताहरुमा सहभागी भई टिमका खेलाडीहरुले पदक प्राप्त गर्ने अवसर....

चीनले संसारकै ठूलो रंगशाला निर्माण गर्दै

सुनाखरी न्युज/बेइजिङ - चीनले विश्वकै ठूलो रंगशाला बनाउने भएको छ। चीनले गोन्जाओमा विश्वकै ठूलो रंगशाला निर्माण कार्य सुरु गरिसकेको छ ।फुटबल क्लब गोन्जाओ एभरगार्डले अहिले आफ्नै खर्चमा घरेलु मैदानमा रंगशाला बनाउन सुरु गरेको हो । एक दशमलव ३६ विलियन पाउन्ड लागतमा बन्ने रंगशालाको दर्शक क्षमता एक लाख २३ हजार सिट रहने छ । रंगशालामा दुई सय ६० भन्दा बढी सिट सिट....

1

जर्मनीमा हुन लागेको प्रथम खुल्ला अनलाईन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिपमा ५ नेपाली खेलाडीहरु प्रतिस्पर्धा गर्दै

सुनिल पाठक/काठमाडौ - जर्मनिमा हुन लागेको “ प्रथम खुल्ला अनलाईन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिप” मा विभिन्न ७२ देशहरुका १२५४ जना खेलाडिहरुले प्रतिस्पर्धा गर्दै छन । वर्तमान COVID-19 का कारण विश्वभर लक डाउन रहेको परिवेशमा नेपालको प्रतिनिधित्व गरी उक्त प्रथम ऐतिहासिक अनलाइन प्रतियोगितामा ५ जना नेपाली....

Trevor-Cherry-MIrrorpix

राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी ट्रेभर चेरीको ७२ बर्षको उमेरमा मृत्यु भएको छ । चेरीको पूर्वक्लब लिड्स युनाइटेडले उनको मृत्युलाई ‘अप्रत्याशित’ भनेको छ । उनले लिड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधी जितेका थिए । डिफेन्डरको भूमिकामा रहने उनले क्लबबाट ४८६ खेल खेलेका थिए । यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका थिए ।....

aa

स्टेडियममै यि महिला खेलाडीले खोलिन टिसर्ट

सुनाखरी न्युज/ काठमाडौं - फुटबलको बारेमा कुरा गर्दा प्राय खेलाडीहरू खेल पछि एक अर्कासंग जर्सीहरू परिवर्तन गर्दछन्। यो चलन खासगरी पुरुष फुटबलमा देख्न सकिन्छ तर २०११ मा एक महिला फुटबलरले कुनै खेलाडीसँग नभई स्टेडियममा रहेका एक फ्यानसँग जर्सी परिवर्तन गरिन । स्वीडेनका फुटबलर जोसेफिन एहकिस्टले यो कार्य गरेका थिईन, उनले जर्मनीको बिरुद्ध खेल पछि एक जर्मन फ्यानलाई आफ्नो टिर्सट खेलेर दिईन । खेल समाप्त भयो र जोसेफिन एहकिस्ट दर्शक स्टन्डमा गईन, जहाँ एक फ्यानले उनको टिर्सट खोलेर एहकिस्ट....

बडीबिल्डर सुन्दरी सामाजिक संजालमा भाइरल

सुनाखरी न्युज/ काठमाडौं- पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् । यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ । पछिल्लो समय सामाजिक संजालका कारण धेरै मानिसहरु भाइरल भएका छन् । मानिसहरु यसरी भाइरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् । य....

पाकिस्तानी विकेट किपर तथा ब्याट्स्म्यान उमर अकमल ३ वर्षको प्रतिबन्ध

एजेन्सी - पाकिस्तानी विकेट किपर तथा ब्याट्स्म्यान उमर अकमल ३ वर्षको प्रतिबन्धमा परेका छन। उनलाई पिसिबि एन्टी करप्सन कोड २.४.४ अन्तर्गत निलम्बित गरिएको हो। उक्त कोड उल्लंघन गर्ने खेलाडीमाथि कम्तीमा ६ महिना तथा बढीमा जीवनभर प्रतिबन्ध लगाउन सकिने व्यवस्था रहेको छ। विभिन्न कारणले बेला बेलामा विवादमा आईरहने अकमललाई पाकिस्तान क्रिकेट बोर्डले नियम विपरित भ्रष्टाचार सम्बन्धि काममा संलग्न रहेको भन्दै सोमबार ३ वर्षको प्रतिबन्ध लगाएको हो।....

ronaldo2

मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने

सुनाखरी न्युज/ इटाली- कोरोना भाइरसको महामारीले सबैभन्दा नराम्रोसँग प्रभावित बनेको इटालीमा खेलकुद गतिविधि शुरु हुने भएका छन् । इटालीमा लकडाउन खुकुलो पार्ने प्रकृया सुरु भएसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् । यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ ।....