२०७७ असार २९ , सोमवार

कृषि

Capture

आधुनिकीकरण र यान्त्रिकरणले कुनै परीवर्तन नल्याएको कृषकहरुको गुनासो

सुनाखरी न्युज/नुवाकोट - कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गरी कृषि उत्पादन बढाउने उद्देश्यले करीब ४ बर्ष अगाडि देखि नुवाकोटमा सन्चालन हुँदै आएको आलु जोन कार्यक्रमले कृषक को बाली उत्पादन मा कुनै पनी आधुनिकीकरण तथा परीवर्तन नल्याएको कृषक हरुले गुनासो गरेका छन् ।   आलु जोन आउनु भन्दा पहिले को आलु उत्पादन र जोन कार्यक्रम पछिको उत्पादन मा केहि फरक देखिँदैन हामीलाई न त आलु उत्पादन को नयाँ प्रबिधिको जानकारी छ न आलुको बिऊ नै आलु उत्पादक कृषक आलु जोनले बितरण गरेको विऊ पनी कर्मचारी लाई फोटो ....

1

कृषकको मनोबल बढाउन कृषि फार्म अवलोकन

नवराज थापा/ नुवाकोट - कृषकको मनोबल बढाउन नुवाकोटको लिखु गाउँपालिकाका कृषकहरुको कृषि फार्ममा अवलोकन गरिएको छ । बुधबार कृषक दिवस समेत मनाउँदै सम्पन्न अवलोकनमा ७ वटा कृषक समूहका सदस्य तथा स्थानीय सहकारीका कर्मचारीको उपस्थिति....

Capture

मौसम अनुकुल नहुँदा आफैं मर्न थाले सलह

सुनाखरी न्युज/ काठमाडौँ - अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए।‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार....

salaha-3

सलहले ११ सय १८ हेक्टरमा पुर्यायो अशर, अझै भित्रिने संभावना कायमै

सुनाखरी न्युज/ काठमाडौँ — अफ्रिकी मुलुकबाट नेपाल भित्रिएको सलहले यहाँका दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पा मा बढी क्षति पुर्‍याएको छ । सलहले मकै, तरकारी, फलफूल र भटमास गरी ती जिल्लामा मात्रै करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सबैभन्दा बढी दाङमा क्षति पुर्‍याएको छ । दाङमा मकै तथा तरकारी बाली गरेर ५ सय ८० हेक्टरमा क्षति पुर्‍याएको छ । दोस्रोमा प्यूठानमा क्षति पुगेको केन्द्रले तयार पारेको ....

1

कृषकको खेतबारी अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ नुवाकोट - (लिखु)   लिखु गाउँपालीका वडा नं-६ स्थित रहेका साना तर ब्यबसायिक रूपमा तरकारी उत्पादन गर्न शुरू गरेका कृषकहरु को खेतबारीमा कृषक को अबस्था र तरकारी उत्पादन बिक्री वितरण कस्तो रूपमा भैरहेको छ लिखु गाउँपालीका उपाध्यक्ष रोजिना....

Capture

एक किलो सलह समाते ५० रुपैयाँ भत्ता

सुनाखरी न्युज/ काठमाडौँ - काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।  नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणको....

Capture

काठमाडौं छिर्यो सलह

सुनाखरी न्युज/ काठमाडौं - गत शनिबार रुपन्देही, सिन्धुली लगायतका जिल्लामा देखा परेको सलह मंगलबार काठमाडौं आइपुगेको छ। मंगलबार बालाजु म्हैपीको आकाशमाथि उडिरहेको व्यहाँका स्थानीयले देखेर हाम्राकुरालाई खबर गरेका हुन्। म्हैपीमा व्यवसाय गर्दै आएका....

Dhaan Diwas#

राष्ट्रिय धान दिवस आज, २५ प्रतिशत रोपाइँ सकियो

सुनाखरी न्युज/ काठमाडौं - आज  राष्ट्रिय धान दिवस । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रो....

काठमाडौं उपत्यकामै भित्रियो सलह, आत्तिनु पर्दैन विज्ञ

सुनाखरी न्युज/ काठमाडौं - शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटार लगायत स्थानमा देखिएको हो ।....

salaha-1-1

एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय

सुनाखरी न्युज/ बुटवल - प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । ‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्य....