२०७७ जेठ १६ , शुक्रवार

उर्जा

Capture

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको दाना—कुश्मा खण्ड निर्माण अन्तिम चरणमा, असारभित्र संचालनमा ल्याइने

सुनाखरी न्युज/ म्याग्दी- कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी९लकडाउन०काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको छ ।....

लकडाउनमा पनि मुलुककै सबैभन्दा ठूलो सबस्टेसनको काम धमाधम, असारभित्र संचालनको लक्ष्य

सुनाखरी न्युज- कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी९लाकडाउन०काबीचमा पनि धनुषामा निर्माणाधीन ४००÷२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।....

६३५ मेगावाटको दुधकोसी जलविद्युत आयोजनाको लगानी जुटाउन दातृ निकायसँग छलफल

सुनाखरी न्युज/ काठमाडौं - सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास बैक एडीबी, युरोपेली लगानी बैक इआईबी, एसियाली पूर्वाधार लगानी बैक एआईआईबी र कोरियाली एक्जिम बैकका प्रतिनिधिसँग प्रारम्भिक बैठक गरेका हुन् ।   छलफलमा महाशाखा प्रमुख सहसच....

ऊर्जा क्षेत्रमा ठोस कार्ययोजना बनाउँदै छौंः ऊर्जा मन्त्री पुन

सुनाखरी न्युज/ काठमाडौं- सरकारले कोरोनाले ऊर्जा क्षेत्रलगायत समग्र रुपमा परेको क्षतिको ठोस मूल्यांकन गरेर राहतको प्याकेज ल्याउने स्पष्ट पारेको छ । निर्माणाधिन आयोजनामा झण्डै रु दुई खर्ब बराबरको लगानी रहेको छ भने झण्डै रु छ खर्ब बराबरको प्रतिवद्धता प्राप्त भएको छ । कोरोनाका कारण समग्र विश्व अर्थ अवस्थामा नै नकारात्मक प्रभाव परेको र नेपाल समेत त्यसबाट अछुतो नरहेको स्पष्ट पार्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको सरकारको भनाइ ....

Elc

काठमाडौंका यी ठाउँमा  आज र भोलि विद्युत् काटिदै

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार–स्वयम्भु फिडरबाट वितरित लाइन काटिने जनाएको हो।....

Tarkari#

काठमाडौंमा लकडाउनले तरकारीको खपत र भाउ दुवै घट्यो, विक्रेताले भने मनलाग्दीरुपमा लिँदैछन् मुल्य

सुनाखरी न्युज / काठमाडौं - काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि भएको लकडाउनलले तरकारीको खपत र मूल्य दुवै घटेको छ । लकडाउनले भारतबाट हुने आयात घट्दा स्थानीय तरकारीले बजार पाएको छ । अहिले काभ्रे, धादिङ, नुवाकोट, मकवानपुर लगायतबाट काठमाडौँमा तरकारी आइरहेको छ । लकडाउन भएसँगै विदेशी तरकारी आयात घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।   ८० प्रतिशत तरकारीमा स्वदेशी उत्पादनले बजार पाएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले खबरहबलाई जानकारी द....

Capture

संकटका बेला व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहतका लागि ऊर्जामन्त्री पुन सँग निजी क्षेत्रको आग्रह

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले बढ्दो संकटलाई थेग्ने गरी व्यवसायिक लागत कम गर्न विद्युतको महसुलमा राहतका लागि ऊर्जामन्त्री वर्षमान पुनसँग आग्रह गरेका छन् । सो छलफलका अवसरमा निजी क्षेत्रका तिनवटै प्रमुख संस्थाले संयुक्त रुपमा तयार गरेको कोरोना भाइरसको....

Elc#

विद्यतु उत्पादन झण्डै ४५ प्रतिशतले घट्यो, जलाशययुक्त आयोजनालाई भार थेग्न दवाव

सुनाखरी न्युज/ काठमाडौं- नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ । यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ ।....

NOC Oil

ना ४ ख ३१५६ नम्बरको ट्यांकर चालकले तेल झिकेर पेट्रोलमा पानी मिसाएपछि…

सुनाखरी न्युज/ काठमाडौं - सामाखुसीस्थिति नेपाल प्रहरीको महालक्ष्मी पेट्रोल पम्पमा शनिबार बिहान  पानी मिसिएको पेट्रोल भेटियो । पम्पका कर्मचारीले उपभोक्तालाई बेच्नुअघि एउटा भाँडोमा थापेर हेर्दा तेलसँग पानी पनि आयो । पम्पमा अघिल्लो दिन ट्यांकरले ८ हजार लिटर तेल छोडेको थियो । ट्यांकर खाली गर्ने गाडीको नम्बर थियो, ना ४ ख ३१५६ । भाँडोमा तेलसँगै पानी आएपछि पम्पले तुरुन्तै नेपाल आयल निगमलाई यसबारे जानकारी गरायो ।....

NEA#

फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने, लकडाउनको अवधि लम्बिएमा समयावधि थपिने

सुनाखरी न्युज/ काठमाडौं- नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले लक डाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रष्ट पार्नुभयो ।....