२०७७ असार २९ , सोमवार

अर्थ

NOC Oil

पेट्रोल पम्प राख्ने अनुमति माग्दै परेका १ हजार २५ वटा आवेदन खारेज

सुनाखरी न्युज/ काठमाडौं - नेपाल आयल निगमले तत्कालै पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेताको लाइसेन्स नदिने भएको छ । नयाँ पेट्रोल पम्प राख्नका लागि आएका १ हजार २५ वटा आवेदन नेपाल आयल निगमले खारेज गरेको छ । निगमको सञ्चालक समितिले नयाँ विक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त नभएको ठहर गर्दै आवेदन खारेज गरेको हो । २०७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ विक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन मागेको थ....

Interest Rate

मौद्रिक नीतिमा ऋणको व्याजदर घटाउन राष्ट्र बैंकसँग व्यबसायीहरुको पहल

सुनाखरी न्युज/ काठमाडौं- नीजि क्षेत्रका अधिकासं संघसंस्थाले राष्ट्र बैंकलाई ऋणको व्याजदर घटाउन सुझाव दिएका छन् । उनीहरुले लकडाउन अवधिको व्याज छुटदेखि व्याज घटाउनेसम्मको विषयलाई प्राथमिकता दिएका हुन् । नीजि क्षेत्रका प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी आगामी मौद्रिक नीतिमा व्याजदर घटाउन सुझाव दिए  । संकटको अवस्थामा पुगेका उद्योग, व्यवसायका लागि पर्याप्त तरलता उपलब्ध गराउन सिसिडी रेसियो ८५ प्रतिशत कायम गर्नुपर्ने, बैंकहरुलाई मुद्दती खातामा ....

Gold#

३३ किलो सुन काण्डका आरोपी पक्राउ

  सुनाखरी न्युज/ काठमाडौं- ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए । उनका अनुसार सो सुनकाण्....

Elc

वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

सुनाखरी न्युज/ काठमाडौं- अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश ः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिनुभयो । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उ....

Capture-85-1000×565

राजस्व चुहावट गरेको अभियोगमा दुई फर्मविरुद्ध मुद्दा

सुनाखरी न्युज/ काठमाडौं - राजस्व अनुसन्धान विभागले दुई उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। विभागले श्याम ग्लास इण्डष्ट्रिज र महाशक्ति गुट्खा उद्योग विरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा हालेको हो। राजस्व चुहावट गरेको अभियोगमा उनीहरु विरुद्ध ६ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। विभागले....

Maha P Ad#

मौद्रिक नीति साउन पहिलो साता आउने, ऋण तिर्ने समय बढाइने

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउन पहिलो साता ल्याउने स्पष्ट पारेको छ । मौद्रिक नीतिका सम्बन्धमा विहीबार  भर्चुअल छलफलमार्फत गभर्नर महाप्रसाद अधिकारीले ऋण तिर्न नसक्नेलाई समय थप गर्ने बताए। ‘प्राविधिक कारणले मौद्रिक नीति साउनको पहिलो सातामा मात्र ल्याउनुपर्ने हुन्छ’ गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायी आत्तिन पर्दैन, ऋण तिर्ने समय थप हुन्छ ।’ उनले बैंकिङ प्रणालीमा समस्या आउदा समग्र अर्थतन्त्....

Capture

७७ करोड बिगो दाबीसहित विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध मुद्दा

सुनाखरी न्युज/ काठमाडौं - भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ।....

FNCCI#

साँवा-ब्याज भुक्तानी गर्ने समयावधि बढाउन आग्रह

शिव दुवाडी/ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाहरूलाई साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन आग्रह गरेको छ । कारोनाका कारण ब्यवसाय धरासायी भएको भन्दै महासंघले यस्तो आग्रह गरेको हो । महासंघको विज्ञप्तिः कोरोनाको महाव्याधीका कारण विश्वसहित नेपाल पनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहयो । उक्त समयमा मुलकभित्र अत्यावश्यक वाहेक सम्पूण उद्योग व्यवसाय ठप्प रहन पुगे । असार १ गते पश्चात लकडाउनको स्वरूपमा केही परिवर्तन गरी आम मानिसको दैनिक ....

NRB#

सहकारीमा वित्तीय कारोबार बढ्दै, अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव

सुनाखरी न्युज/ काठमाडौँ - बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्ने सुझाव प्राप्त भएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन्दै नियमन प्रभावकारी बनाउन भनिएको छ ।....

New Note#

लकडाउनका कारण लगानी घटेपछि बैंकहरुमा अधिक तरलता

सुनाखरी न्युज/काठमाडौं - लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा बैंकहरुमा लगानी योग्य रकम (तरलता) अत्यधिक देखिएको छ । बैंकहरुमा यतिबेला १ खर्ब ३१ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले यो चालु आर्थिक वर्षको सबैभन्दा धेरै भएको जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्बको हाराहारीमा रहेको तरलता त्यसपछि क्रमशः घट्दै गएको थियो । लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता देखिएको प्रवक्ता भट्टले बताए । यस वर्षकै धेरै तरल....