देश-प्रदेश

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणबारे छलफल

Posted: 2018-10-12 13:54:59

सुनाखरी न्युज/ काठमाडौं - नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुख सहितको टोली बीच छलफल भएको छ । बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको एउटा वृहत् गुरुयोजनासहित पुननिर्माण गर्नेबारे छलफल भएको हो । त्यसक्रममा रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे पनि छलफल भएको थियो ।
 
 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव गर्नु भयो ।  छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीप बहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाहरुको पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राख्नुभयो ।  छलफलमा त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख डा. अनन्त प्रसाद गजुरेल, प्रा.डा. मेघ राज ढकाल, डा. रमेश थापाको सहभागिता थियो । 



More News



जुवातास खेल्ने ३८ जना पक्राउ

Posted: 2018-10-17 05:57:45

सुनाखरी न्युज/ काठमाडौं - बर्दिया र जुम्लामा अवैध रुपमा जुवातार खेलिरहेको अवस्थामा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका-१ खल्लागाउँ बस्ने २८ वषीय रामु थारुको घरमा तास खेलिरहेको अवस्थामा ५० हजार नगदसहित २४ जना पक्राउ परेका छन् । यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-६ बस्ने कटकबहादुर थापाको पुलहाउसमा अवैध रुपमा जुवा खेल्ने १४ जनालाई दुई लाख ५१ हजार नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।...


यी रुटमा चल्ने छन सशस्त्र प्रहरी बल नेपालका नि:शुल्क बस

Posted: 2018-10-16 11:02:15

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ। बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको ...


शाहवंशीय श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला

Posted: 2018-10-15 15:26:08

सुनाखरी न्युज/ काठमाडौं - शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला ...


एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा.लोहनीले दिए सम्पुण नेपाली लाई विजय दशमि २०७५ को शुभकामना

Posted: 2018-10-15 13:03:51

सुनाखरी न्युज/ काठमाडौं - विजया दशमि २०७५ को पावन अवसरमा नेपाल लगायत संसारभर रहनु भयका नेपालिहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु। धार्मिक सामाजिक एवं सास्कृतिक रुपले आपसि अभिवृद्दि गराउने यस ...


प्रहरी कार्य प्रभावकारिताका लागि समुदाय - प्रहरी साझेदारी आवश्यक : गृहमन्त्री रामबहादुर थापा ’बादल’

Posted: 2018-10-15 09:17:02

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले देशमा शान्ति सुरक्षा सुदृढ गर्ने, सबै प्रकारका अपराध न्यूनिकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो छरितो एवं प्रभावकारी सेवा प्रवाह गर्ने जिम्मेवारी पूरा गर्न ...


Advertisements