देश-प्रदेश

नेपाल प्रहरीलाई थप चुस्त बनाउन नागरिकको हौसला र उत्साह आवश्यक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

Posted: 2018-10-11 12:50:18

सुनाखरी न्युज/ काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप चुस्त बनाउन नागरिक समाजको हौसला एवं उत्साह आवश्यकता रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुरको जनसहभागिताबाट नवनिर्मित कार्यालय भवनको बुधबार  आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले भौतिक साधन स्रोतको अभावका बावजुद पनि नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी अहोरात्र खटिएर निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती तथा त्रुटीहरुले पनि समग्र संगठनमाथि नै लाञ्छना लाग्ने हुँदा राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भीरता पूर्वक वहन गर्दै सबै प्रहरी कर्मचारीहरुले इमान्दारिता, निष्ठापूर्वक र ढृढतापूर्वक काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 
 
 
नागरिकको सहभागितामा निर्माण भएको उक्त भवन उदाहरणीय रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले निर्माणकार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरुप्रति आभार प्रकट गर्नुभयो । सुन्दर नवनिर्मित भवन जस्तै ट्राफिक प्रहरीको बोली, वचन,  व्यवहार र कार्यशैली पनि त्यतिकै सुन्दर र उत्कृट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ट्राफिक व्यवस्थापनलाई थप चुस्त र व्यवस्थित बनाउन समुदाय, नागरिक समाज तथा ट्राफिक व्यवस्थापनसँग सम्बन्धीत विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाहरुसँग समन्वय गर्दै अगाडि उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले भवन निर्माण समितिका पदाधिकारी तथा भवन निर्माणका लागि १ लाख भन्दा माथि नगद तथा जिन्सी सामान सहयोग गर्ने संघसंस्था तथा प्रतिनिधिहरुलाई सम्मानपत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भवन निर्माण समितिका एवं सुमेरु ग्रपुका अध्यक्ष भरत महर्जन र भवन निर्माण समितिका सल्लाहकार कनक मणि दिक्षित समेतले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले भवन निर्माण सन्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवन २ करोड १५ लाख ९५ हजार ६ सय ८१ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रममा भवन निर्माणमा उल्लेखनिय भूमिका खेलेका ललितपुर ट्राफिक प्रहरी परिसरका प्रहरी निरीक्षक सिताराम हाछेथुलाई नगद १ लाख १ हजार रुपैयाँ र प्रहरी हवल्दार इश्वरप्रसाद बन्जारालाई ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, संचारकर्मी लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।       
  



More News



गृहमन्त्री थापा र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशक बीच शिष्टाचार भेटवार्ता

Posted: 2018-12-14 12:57:46

सुनाखरी न्युज/ काठमाडौ - गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बो (Zhang Hongbo) बीच शिष्टाचार भेटवार्ता भएको छ । ...


तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टि्फिकेशन प्रोग्राम’ सम्पन्न

Posted: 2018-12-14 11:16:11

सुनाखरी न्युज/ काठमाडौ - सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंसीर २७ गते तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टि्फिकेशन प्रोग्राम’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो ...


सामुदायिक - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसंग समग्र शान्ती सुरक्षाको अवस्था र सचेतनामुलक कार्यक्रम सम्पन्न

Posted: 2018-12-14 09:34:00

सुनाखरी न्युज/ पर्वत - फलेवास नगरपालिका ९ भंगरा पर्वतमा सामुदायिक - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसंग समग्र शान्ती सुरक्षाको अवस्था साथै चट्यान सुरक्षा सम्वन्धी सचेतनामुलक अन्तरक्रिया सम्पन्न । ...


प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सिफारिश

Posted: 2018-12-13 11:45:13

सुनाखरी न्युज/ काठमाडौ - संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ। आज बसेको परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत ...


केपटाउन देखि काठमाडौं सम्म शान्तिको कामना गर्दै भ्रमण समापन

Posted: 2018-12-13 10:14:26

सुनाखरी न्युज/ काठमाडौ - दक्षिण अफ्रिकाको ८ सदस्यीय सद्भावना टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय नेल्सन मण्डेला डे अर्थात् जुलाई १८ को दिन दक्षिण अफ्रिकाको केपटाउनबाट गरेको यात्रा यही २०७५ मंसिर २५ (डिसेम्बर ११, २०१८) गते काठमाडौं आई समापन भएको छ । भ्रमण अवधिभर ३ वटा ल्याण्डरोभर ...


Advertisements