देश-प्रदेश

१२ वर्षीय बालकमाथि ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप

Posted: 2018-10-10 10:51:24

सुनाखरी न्युज/ पर्वत - तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न, १२ वर्षीय बालक पनि बलात्कार जस्तो अपराधमा संलग्न हुन्छ भनेर । तर मुलुकभर बलात्कार र हत्याका घटना भइरहेका बेला छ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन् । बालिका बलात्कार अभियोगमा १२ वर्षे बालक पर्वत जिल्ला अदालतको मङ्गलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन् ।
 
 
जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको आदेशले बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की पठाइएको छ । पर्वतको जलजला गाउँपालिका ३ का ती बालकले असोज २ गते छिमेकमा डेरा गरी बस्ने छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ । प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले बालकलाई अभिभावकको संरक्षण तथा निगरानीमा रहने गरी घर पठाएको थियो । 
रासस



More News



इञ्जिनियरको ज्ञान सीप उपयोग गर्न प्राधिकरणले पहल गर्नेछ : सुशील ज्ञवाली

Posted: 2018-12-09 15:31:50

सुनाखरी न्युज/ काठमाडौ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण अन्तर्गत खटिएर पुनर्निर्माणमा क्रियाशील इञ्जिनियर लगायत प्राविधिकहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणको ...


संसदीय सुनुवाई समितिमा प्रस्तावित राजदुतहरुले सुनुवाई

Posted: 2018-12-09 14:19:32

सुनाखरी न्युज/ काठमाडौं- संसदीय सुनुवाइ समितिको बैठक चलिरहेको छ। भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्य लगायत अन्य मुलुकका राजदुत प्रस्तावितहरुको आइतबार संसदीय सुनुवाइ भयो । प्रस्तावित राजदुतहरुले सांसदद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिए । सुनुवाइकाक्रममा मलेसिया, इजरायल र यूएईका लागि प्रस्तावित राजदूतसँग पनि परेका छन् । ...


एकीकृत राप्रपा राष्ट्रवादीको सांस्कृतिक विभाग गठन

Posted: 2018-12-07 14:52:04

सुनाखरी न्युज/ काठमाडौ - एकीकृत राप्रपा राष्ट्रवादी को भातृ संगठन धर्म संस्कृति विभाग को केन्द्रिय समिति गठन भयको छ। पार्टी केन्द्रिय सदस्य एवं युवाशक्ति का अध्यक्ष फणिराज लोहनी(राजु)को प्रमुख आतिथ्यमा ...


लागुऔषध (गाँजा) सहित १ जना पक्राउ

Posted: 2018-12-07 13:23:04

सुनाखरी न्युज/ पर्वत - जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं.६ शिवालयचोक स्थित सार्वजनिक स्थानमा जिल्ला कास्की पोखरा महाननगरपालिका वडा नं.२५ हेम्जा बस्ने बर्ष २७ को भुवन कुवँरलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई ...


मृत सागरको आकृतिबनाई विश्वकिर्तिमानीको प्रयास

Posted: 2018-12-07 10:22:12

सुनाखरी न्युज/ काठमाडौ - स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा प्रयोग भईसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृतिबनाई विश्वकिर्तिमानी राख्ने कार्यक्रमकोप्रयास सफलभएको छ । ...


Advertisements