देश-प्रदेश

बुहारी बनाएर भित्र्याए, छोरी बनाएर अन्माए

Posted: 2018-07-12 15:58:40

 
सुनाखरी न्युज/
 दमक (झापा)-
 झापाको कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन्। स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन्। स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा)  काफ्लेको आधुनिक शैलीमा दोस्रो विवाह गरिदिएका हुन्। पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार(व्यवसाय गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाए।   बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्रो विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए। उनले भने, ’नहुनुपर्ने घट्ना भइदियो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्। यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विहे गरिदिने निधो गरें,’ पौडेलले भने। बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो। दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशा र विश्वासका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए। सामाजिक रूपान्तरणका लागि प्रेरणा वैवाहिक समारोहमा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल पनि निम्तालुको रुपमा आएका थिए। उनले नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा सो विवाहलाई लिन सकिने बताए । प्रमुख पोखरेलले पतिको मृत्युपछि पनि महिलाले दोस्रो विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनु पर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेको भन्दै धन्यवाद पनि व्यक्त गरे। प्रमुख पोखरेलले समाजमा यस किसिमका प्रगतिशील कार्य गर्नेलाई प्रोत्साहन गर्न सकिए मात्रै समाज समृद्धिको बाटोमा जाने बताए। बेहुली काफ्लेकी छोरी आशाकी एउटी छोरी छन् भने बेहुला मिश्रका पनि सन्तान रहेको जनाइएको छ। 
थाहाखबरवाट
 



More News



पूर्वी रुकुममा जीप दुर्घटना, सात जनाको मृत्यु

Posted: 2018-07-18 18:59:44

सुनाखरी न्युज/ रुकुम - रुकुम पूर्वको सिस्ने गाउँपालिका(५ धारापानीमा जीप दुर्घटना हुँसात सात जनाको मृत्यु भएको छ । लु १ ज २५७३ नम्बरको जीप दुर्घटना भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको छ । ...


खानेपानीको जारभित्र भेटियो किरा र लार्भा, कोक, फेन्टा र ड्युमापनि फोहोर

Posted: 2018-07-18 07:09:25

सुनाखरी न्युज/ विराटनगर – उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय निकम्मा हुँदा बजारमा अखाद्य र म्याद गुज्रिएका सामग्री भेटिन थालेका छन् । अखाद्य र मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेआम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ ।...


नेविसंघको प्रदर्शनमा प्रहरीको लाठी

Posted: 2018-07-17 14:58:58

सुनाखरी न्युज/ काठमाडौँ - चिकित्सा शिक्षा विधेयक र सरकारका पछिल्ला गतिविधिको विरोध गर्न नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ। माइतिघरबाट बानेश्वरतर्फ आइरहेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको हो। नेविसंघका कार्यकर्ताले बीचको लेन प्रयोग गरेर प्रदर्शन गर्न ...


आज साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति, सूर्य दक्षिणायन हुँदै, लुतो फाल्ने दिन

Posted: 2018-07-17 10:25:52

सुनाखरी न्युज/ काठमाडौँ - आज साउने संक्रान्ति सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्ति सँगै ...


आजका प्रमूख समाचार यस्ता छन्...

Posted: 2018-07-17 07:13:24

सुनाखरी न्युज/ काठमाडौं– संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार) देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । ...


Advertisements