देश-प्रदेश

ओली सरकारले हटाएकामध्ये पाँच जनाको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै, पुनर्वहाली होला ?

Posted: 2018-07-12 12:54:24

सुनाखरी न्युज/ काठमाडौं- अघिल्लो सरकारले निर्वाचनको आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति भन्दै केपी ओली सरकारले खारेज गरेपछि त्यसविरुद्ध सर्वोच्च पुगेकामध्ये पाँच जनाको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै छ।  
 
सुनुवाइको मौका समेत नदिई पदावधि कायमै रहेको अवस्थामा आफूहरुलाई हटाउने निर्णय गैरकानुनी भएकाले पुनर्वहाली हुनुपर्ने जिकिर उनीहरुले गरेका छन्।
 
उनीहरूले प्राकृतिक न्यायको सिद्धान्त विपरीत सुनुवाइको सामान्य मौका समेत नदिई नियुक्ति बदर गरेको भन्दै रिट दायर गरेका छन् । 
 
नियुक्ति खारेजीपछि मंगलबारसम्म पाँच पदाधिकारी पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका थिए। उनीहरु सबैको निवेदनमाथि आज सुनुवाइ हुँदै छ। 
 
दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष दक्ष पौडेल र खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसाद र कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु मिश्रको रिटमा सुनुवाइ हुँदैछ। 
 
उनीहरुको पेसी न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासमा तोकिएको छ। अदालतले अन्तरिम आदेश जारी गरेमा सरकारको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ।
 
असार २० गतेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि तत्कालीन देउवा सरकारले विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो।



More News



अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

Posted: 2018-09-22 14:25:05

सुनाखरी न्युज/ अमेरिका – अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो। ...


साउदी अरब काम गर्न जाने नेपालीको तलव सुविधा ३०० रियाल बढ्यो, कम्तिमा १३ सय रियाल

Posted: 2018-09-22 07:12:16

सुनाखरी न्युज/ काठमाडौं- साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको हो। ...


आयात रोकर चिनिमा मुल्यवृद्धि

Posted: 2018-09-22 07:02:15

सुनाखरी न्युज/ काठमाडौं- स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले सरकारले चिनीको आयातमा सीमा तोकेको एक हप्ता नबित्दै व्यापारीले मूल्य बढाएका छन् । यसअघि ६५ देखि ६८ रुपैयाँ प्रतिकिलो रहेको चिनी प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा बेच्न थालिएको छ । यसअघि स्वेदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । ...


मानसिक रोगीलाई निर्घात कुट्ने प्रहरीमाथि छानबिन हुने

Posted: 2018-09-21 13:01:18

सुनाखरी न्युज/ काठमाडौँ - काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ । काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक ...


काजकिरिया भइसकेका अछामका ‘जीवन बूढा’ जीवितै भेटिए पोखरामा

Posted: 2018-09-21 12:40:43

सुनाखरी न्युज/ पोखरा - झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन ...


Advertisements