देश-प्रदेश

भक्तपुर वर्षाले अस्तव्यस्त, पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु, डुवानमा परेकोको उद्धार कार्यकालािग सुरक्षाकर्मी तैनाथ

Posted: 2018-07-12 10:11:01

 
सुनाखरी न्युज/
भक्तपुर— लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।
 
त्यसैगरी भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् । सिद्धिस्मृति, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको छ । विद्यालयहरू पनि डुबानमा परेको छ ।
पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु
 चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 
 
 
 
 
 
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठका अनुसार घरपछाडिबाट पहिरो खस्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ। घटनाको थप विवरण आउन बाँकी भएको उनले बताए।



More News



पूर्वी रुकुममा जीप दुर्घटना, सात जनाको मृत्यु

Posted: 2018-07-18 18:59:44

सुनाखरी न्युज/ रुकुम - रुकुम पूर्वको सिस्ने गाउँपालिका(५ धारापानीमा जीप दुर्घटना हुँसात सात जनाको मृत्यु भएको छ । लु १ ज २५७३ नम्बरको जीप दुर्घटना भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको छ । ...


खानेपानीको जारभित्र भेटियो किरा र लार्भा, कोक, फेन्टा र ड्युमापनि फोहोर

Posted: 2018-07-18 07:09:25

सुनाखरी न्युज/ विराटनगर – उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय निकम्मा हुँदा बजारमा अखाद्य र म्याद गुज्रिएका सामग्री भेटिन थालेका छन् । अखाद्य र मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेआम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ ।...


नेविसंघको प्रदर्शनमा प्रहरीको लाठी

Posted: 2018-07-17 14:58:58

सुनाखरी न्युज/ काठमाडौँ - चिकित्सा शिक्षा विधेयक र सरकारका पछिल्ला गतिविधिको विरोध गर्न नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ। माइतिघरबाट बानेश्वरतर्फ आइरहेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको हो। नेविसंघका कार्यकर्ताले बीचको लेन प्रयोग गरेर प्रदर्शन गर्न ...


आज साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति, सूर्य दक्षिणायन हुँदै, लुतो फाल्ने दिन

Posted: 2018-07-17 10:25:52

सुनाखरी न्युज/ काठमाडौँ - आज साउने संक्रान्ति सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्ति सँगै ...


आजका प्रमूख समाचार यस्ता छन्...

Posted: 2018-07-17 07:13:24

सुनाखरी न्युज/ काठमाडौं– संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार) देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । ...


Advertisements