देश-प्रदेश

प्रदेश नंबर ५ को ट्राफिक व्यवस्थापन, एक ट्राफिकको भागामा १८ किमि सडक

Posted: 2018-06-14 09:26:39

सुनाखरी न्युज/ दाङ - तुलसीपुर बसपार्क पिपल बोट नेर एकतर्फी सडक  वान वे छ । बसपार्क क्षेत्रमा सवारीको चाप अत्यधिक हुदा दुर्घटना हुन सक्ने भन्दै वान वे गराईएको हो । उक्त ट्राफिक नियम पालन नगर्नेलाई काुननी दायरामा ल्याउन पिपल बोट नेर ट्राफिक प्रहरी बस्ने व्यवस्था पनि गरिएको छ । तर त्यहाँ प्राय ट्राफिक प्रहरी बस्ने गरेका छैनन् । जसले गर्दा ट्राफिक नियम उल्लंघन भईरहेको हुन्छ, भने दुर्घटनाको पनि जोखिम उत्तिकै हुन्छ । ट्राफिक प्रहरीको संख्या थोरै भएकाले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले प्रतिक्रिया दिदै आएको छ । त्यहाँ मात्रै होईन्, अहिले समग्र प्रदेश नंबर ५ मा नै ट्राफिक प्रहरीको संख्या कमी छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको प्रदेश नंबर ५ का प्रहरी अतिरिक्त महानिरिक्षक शेर बहादुर बस्नेतले बताए । 
 
 
प्रहरी नायब निरिक्षक भुवनेश्वर तिवारीका अनुसार प्रदेश नंबर ५ मा आठ हजार दुई किलोमिटर सडक छ । सोही सडकमा एक लाख ९९ हजार २ सय ६४ सवारी साधनहरु चलिरहेका छन् । डिएसपी तिवारीका अनुसार उक्त सडकमा चार सय ४९ जना ट्राफिक प्रहरीले मात्रै कार्यरत छन् । एउटा ट्राफिक बराबर १७.८२ किलोमिटर सडकको हेर्नुपर्ने बाध्यता छ  भने ४ सय ४४ सवारी साधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको उनले बताए । जसले गर्दा सवारी दुर्घटना बढि रहेको उनले बताए । उनका अनुसार प्रदेश नंबर ५ मा आर्थिक बर्ष २०७२÷०७३ मा ८ सय १ वटा सवारी दुर्घटना भएका छन् । जसबाट आर्थिक बर्ष २०७२÷०७३ मा ५ सय २८ जनाको मृत्यु भएको छ भने ७ सय ४४ जना गम्भीर घाईते, ६ सय २७ जना सामान्य घाईत भएका थिए । त्यस्तै २०७३÷०७४ मा ७ सय ५० वटा सवारी दुर्घटना भएका छन् । जसबाट ५ सय ४२ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना गम्भीर घाईते, ४ सय ३२ जना सामान्य बिरामी भएका थिए । त्यस्तै चालुआर्थिक बर्षको अहिले सम्म ७ सय २७ सवारी दुर्घटना भएका छन् । जसबाट ४ सय ८० को मृत्यु भएको छ भने ४सय १९ जना गम्भीर घाईते, ४ सय ३२ जना सामान्य घाईते भएका थिए । दैनिक १.४६ जना दरले मृत्यु हुने गरेको डिएसपी तिवारीले बताए । उनका अनुसार सबै भन्दा बढि दिउसो १२ बजे देखी बेलुकी ६ बजे सम्म बढि सवारी दुर्घटना हुने गरेको छ । प्रदेश नंबर ५ का प्रहरी प्रमुख बस्नेतका अनुसार चालकको लापरबाहीका कारण बढि सवारी दुर्घटना हुने गरेको बताए ।
 
 
साथै तीब्र गति, ओभरलोड, मापसे गरेर सवारी चलाउनु, जीर्ण सडक, साघुरो सडक, हेडलाईड नबाल्ने, सडकमा निर्माण सामग्री राख्नु, पैदल यात्रुको लापरबाही, जेब्रा क्रसिङको समस्या, सडकमा यात्रु प्रतिक्षालय नहुँनु , सवारीको अबस्था जाँच नगर्नु, झुण्डिएर यात्रा गर्नेजस्ता कारणले सवारी दुर्घटना बढिरहेको उनले बताए । ५ नंबर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी अत्तिरिक्त महानिरिक्षक शेर बहादुर बस्नेतको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका न्यायधिश महेश शर्मा पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि पौडेलले कानुन कार्यान्वयन फितलो हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको बताए । कानुन मिच्ने प्रबृद्धिले गर्दा हरेक क्षेत्रको सुधारमा चुनौती देखिएको बताए । त्यस अवसरमा बिशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सवारी दुर्घटना न्यूनिकरणका लागि आवश्यक नीति बनाएर अघि बढ्नु पर्ने बताए । उनले प्रत्येक घरमा ट्राफिक र प्रत्येक घरमा ड्राईभर उत्पादन हुनुपर्ने समेत बताए ।
 
 
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष रामप्रसाद चालिसे, नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष वामदेव खनाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, महिला अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष शुष्मा लामिछाने गिरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहोलपुरका प्रमुख राजेन्द्र सिंह खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रहरी नायब निरिक्षक पुष्प राज मल्लले गरेका थिए ।
 
 
मंगलबार तुलसीपुरमा भएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिबृद्धि साथै सवारी दुर्घटना न्यूनिकरण बिषयक एक दिवसिय कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।



More News



विप्लव माओवादी प्रवक्ता विश्वकर्मा अदालतबाटै पक्राउ

Posted: 2018-08-17 20:27:24

सुनाखरी न्युज/ काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा अदालतबाटै पुनस् पक्राउ परेका छन् । सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका विश्वकर्मालाई काठमाडौं जिल्ला अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो । ...


भदौ १ देखि सञ्‍चालनमा आउने भनिएको कलंकी अन्डरपास प्राविधिक कारणबश सञ्चालनमा आउन सकेन, सञ्चालन गर्न चीनको अनुमति आवश्यक पर्ने

Posted: 2018-08-17 13:24:10

सुनाखरी न्युज/ काठमाडौं - कलंकी क्षेत्रमा हुने सम्पूर्ण किसिमको सडक जामलाई हटाउने गरी भदौ १ देखि सञ्‍चालनमा आउने भनिएको अन्डर पास प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सञ्चालनमा आउन सकेन। ...


आजदेखि नयाँ कानुन लागू, १६५ वर्षपछि मुलुकी ऐन विस्थापित, के के छन् नयाँ ऐनमा

Posted: 2018-08-17 09:49:07

सुनाखरी न्युज/ काठमाडौं - मुलुकी अपराध संहिता ऐन, २०७४ आज भदौ १ गतेदेखि लागू हुनेछ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ...


प्रेमको नाटक गरेर हवलदारद्वारा हत्या ! प्रहरी हवल्दारमाथि अनुसन्धान

Posted: 2018-08-16 19:32:41

सुनाखरी न्युज/ काठमाडौँ — ४ साउनको कुरा हो । मीनबहादुर पुडासैनीले अचानक खबर पाए, बहिनी चमेली घले बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । अनामनगरमा रहेका मीन हतारिँदै बसुन्धरामा रहेको ग्रीन सिटी अस्पतालमा पुगे । आकस्मिक उपचार कक्ष पुरै चहार्दा पनि बहिनी फेला नपरेपछि उनले अस्पतालका कर्मचारीको सहयोग लिए ।...


चार डिआईजी सहित २७ एसएसपीहरुको सरुवा, को कहाँ पुगे ? (हेर्नुस सूचिसहित)

Posted: 2018-08-16 11:29:03

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्रालयले नेपाल प्रहरीका ४ जना डिआईजीको सरुवा भएको छ । बुधबार साँझ मन्त्रालयले चार जना डिआईजीहरुको सरुवा गरेको हो । डिआईजी धिरु बस्न्यातलाई अपराध अनुसन्धान विभाग अ.नि. ब्यूरोबाट ...


Advertisements