देश-प्रदेश

साढे ३३ किलो सुनकाण्ड, गृहमन्त्रालयको बिशेष छानबिन समितिले बाजेको सेकुवा कर्नरमा छापा

Posted: 2018-06-13 15:06:04

सुनाखरी न्युज/ काठमाडौं - ३३ किलो सुन प्रकरणमा मुछिएको  बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले  छापा मारेको छ । समितिले बुधबार  अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसी सहित ६ शाखामा छापा मारी  सिलबन्दी गरेको  समितिका एक अधिकारीले जानकारी दिए । समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै  कारोबार रोक्का गरेको छ ।
 
 
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चेन रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएसँगै छानबिन समितिले यसअघि बैंक खाता रोक्का राख्न पत्राचार गरिसकेको थियो । विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिन पुगेको थियो । अन्य शाखाको हकमा थप छानबिन हुन्छ। रेस्टुरेन्टका सञ्चालक भण्डारीले सुन तस्करीका नाइके चुडामणि उप्रेती गोरे सँग मिलेर तस्करीमा लगानी गरेको खुलेको थियो। 
 
 
उनको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ। ३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन। उनीमाथि सम्पती शुद्धिकरणमा मुद्दामा पनि अनुसन्धान हुने समितिले जनाएको छ। अदालतबाट आदेश लिइ रेष्टुरेन्टहरुमा शिलबन्दी गरिएको बिशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सह सचिव इश्वरराज पौडेलले बताए। 
 
 
 
 
 
 



More News



यी रुटमा चल्ने छन सशस्त्र प्रहरी बल नेपालका नि:शुल्क बस

Posted: 2018-10-16 11:02:15

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ। बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको ...


शाहवंशीय श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला

Posted: 2018-10-15 15:26:08

सुनाखरी न्युज/ काठमाडौं - शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला ...


एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा.लोहनीले दिए सम्पुण नेपाली लाई विजय दशमि २०७५ को शुभकामना

Posted: 2018-10-15 13:03:51

सुनाखरी न्युज/ काठमाडौं - विजया दशमि २०७५ को पावन अवसरमा नेपाल लगायत संसारभर रहनु भयका नेपालिहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु। धार्मिक सामाजिक एवं सास्कृतिक रुपले आपसि अभिवृद्दि गराउने यस ...


प्रहरी कार्य प्रभावकारिताका लागि समुदाय - प्रहरी साझेदारी आवश्यक : गृहमन्त्री रामबहादुर थापा ’बादल’

Posted: 2018-10-15 09:17:02

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले देशमा शान्ति सुरक्षा सुदृढ गर्ने, सबै प्रकारका अपराध न्यूनिकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो छरितो एवं प्रभावकारी सेवा प्रवाह गर्ने जिम्मेवारी पूरा गर्न ...


साइकल यात्रीको ‘बिहेअघि सेक्स नगरौं’ अभियान

Posted: 2018-10-15 06:07:36

सुनाखरी न्युज/ सप्तरी- यहाँका अशोक यादव साइकलका पाइडल घुमाउँदै जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ । आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे ।...


Advertisements