देश-प्रदेश

आज देखी मलमास सकिँदै, मत्स्यनारायणको मेला पनि सम्पन्न

Posted: 2018-06-13 09:33:11

सुनाखरी न्युज/ काठमाडौं - अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ। अन्तिम दिन पुरुषोत्तम अर्थात् भगवान् नारायणको विशेष आराधना गर्ने परम्परा छ।  काँसको थालमा ३३ वटा मालपुवा राखी नारायणका ३३ नामले पूजा गरी ब्राह्मणलाई दान गर्ने विधान छ। महिनाभर चलेको पुरुषोत्तम माहत्म्य पाठ पनि बुधबार नै सम्पन्न हुँदैछ। पुराणअन्तर्गतको पुरुषोत्तममास माहत्म्यमा अधिकमासको उत्पत्ति र पुरुषोत्तम नामकरण आदि विभिन्न प्रसंग बताइएको छ। अधिकमासभरि पुरुषोत्तम माहात्म्य पाठ गरी भगवान् नारायणको आराधना गरिन्छ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ स्थित मत्स्यनारायण (मच्छेनारायण) मन्दिरमा लागेको मेला पनि बुधबार नै सम्पन्न हुँदैछ। विष्णुले यही रहेको तलाउमा मत्स्यरूप लिई विचरण गरेको धार्मिक विश्वास छ। मलमासभर उपत्यकाका चार नारायण र बूढानीलकण्ठ नारायणको मन्दिरमा पनि घुइँचो लागेको थियो। सौरमास र चान्द्रमासको अन्तरले अधिक (बढी) हुन आएको मास मलमासका रूपमा निन्दित भएको त्यसलाई भगवान् नारायणले अधिपति बन्न स्वीकार गरेकाले यो समयलाई पुरुषोत्तम मास भनिएको माहत्म्यमा उल्लेख छ। त्यसैले यो महिनाभर नारायणको आराधना गरिन्छ। एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुन्छ। सामान्य रूपमा एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै मलमास भएको पुराणवाचक पं.बालमुकुन्द देवकोटा बताउँछन्। मलमास २७ देखि ३२ महिनामा पर्छ। यो पटक मलमास यही जेठ २ गते सुरु भएको थियो। अर्को मलमास २०७७ मा पर्ने बताइन्छ।
 
संक्षेपमा मलमास 
सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ । यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक बर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक बर्ष हुन्छ। यसरी प्रत्यक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ बर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ । यस वर्षको अधिकमास या मलमासको आज समापन हुँदैछ, आजवाट अबको ३ वर्षका लागि मलमास आउनेछैन् । बिसं २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन। मलमासमा नगरिएका शुभकार्यहरु विवाह, व्रतबन्ध आदि अब मलमासको समापन संगै शुरु हुनेछन् । मलमासमा पानी बार्न माइत गएका पत्नीहरु आजवाट पुन घर फर्कने क्रम शुरु हुनेछ भने सामान्य मासहरु अब शुरु भएका छन् । यस वर्षको मलमासको समाप्तीसंगै हामीसबैका जीवनका बाधाहरु हटेर जाउन । जीवनसंगत अनि जीवन पर्यन्त पनि मोक्षको द्धार खुल्ला रहोस् । 
 
 
अबको ३ वर्षपछि मलमासमा फेरि  लाग्ने छ  । मलमासको समापन संगै अब यस वर्षको चाडपर्वको लर्को शुरु हुनेछ ।
 
 
 



More News



महेन्द्रनगरबासीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, स्थिती नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार, दुवै तर्फका केहि घाइते

Posted: 2018-08-21 13:43:20

सुनाखरी न्युज/ कञ्चनपुर - निर्मला पन्तको बलात्कार र हत्यामा संग्लन अपराधीलाई प्रहरीले लुकाउन खोजेको भन्दै महेन्द्रनगरवासीले आज विरोध प्रदर्शन गरेका छन । नक्कली अभियुक्त सार्वजनिक गरेर प्रहरीले वास्तविक ...


सरकारी अनुगमनको रिस उपभोक्तालाई किन, अनिश्चितकाल तरकारी बिक्री बन्दको घोषणा

Posted: 2018-08-21 09:46:05

सुनाखरी न्युज/ काठमाडौं - सोमबार बिहान अनुगमनमा गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोली कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तरकारी बजार अनुगमन गर्न गयो । ...


भूकम्प पीडितको २७ प्रतिशतको मात्र घर निर्माण

Posted: 2018-08-20 10:42:35

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्ष्भित्र निर्माण सम्पन्न हुने बताउनु भएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ ...


बिहान ३ बजे अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोली व्यापारीको नियन्त्रणमा

Posted: 2018-08-20 09:57:23

सुनाखरी न्युज/ काठमाडौं - अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका छन। कालिमाटीमा उपसचिव सहितको अनुगमन ...


भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित काठमाडौंबाट पक्राउ, विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा प्रक्राउ परेको

Posted: 2018-08-19 21:23:57

सुनाखरी न्युज/ काठमाडौं– त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा २० राउन्ड गोलीसहित १ जना प्रक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दीको साविकको शिखर गाविस घर भएका ४१ वर्षीय बलबहादुर पुन छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेका पुनको ...


Advertisements